१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मैनामैनी दुर्घटनाका घाइते भन्छन्- अप्ठ्यारो बाटोका कारण जिप पल्टियो

मैनामैनी दुर्घटनाका घाइते भन्छन्- अप्ठ्यारो बाटोका कारण जिप पल्टियो
अ अ+ अ-

धरान । भोजपुरको हतुवागढी गाउँपालिका-५ की कुलबुङ राई श्रीमान् किसन राईसँग गत फागुन २३ गते इटहरी आउनुभएको थियो । उद्देश्य थियो, नन्दहरुसँग भेटघाट र घुमघाम ।

भेटघाट र घुमघाममा केही दिन बिताएपछि राई दम्पती बिहीबार भोजपुर घर फर्कने क्रममा उहाँहरु सवार जिप उदयपुरको मैनामैनीमा दुर्घटनामा पर्‍यो । दुर्घटनामा घाइते भएका उहाँहरुलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकोमा श्रीमान किसनको उपचारको क्रममा मृत्यु भयो भने कुलबुङ उपचाररत हुनुहुन्छ ।

प्रतिष्ठानको आकस्मिक कक्षको श्ययाबाटै उहाँले भन्नुभयो, “जिप यात्रुले भरिएको थियो, कोच्चएर बसेका थियौँ । अचानक जिप सडकबाट तल झर्‍यो । बाटो नै खराब भएकाले दुर्घटना भएको हुनसक्छ ।”

उहाँ जस्तै भोजपुर हतुवागडीका १७ वर्षीय सुनिल परियार पनि घर फर्कने क्रममा जीप दुर्घटनामा परी घाइते हुनुभयो । उहाँ गत फागुन २१ गते काकाको बिहेमा आमासँगै उदयपुरको रामपुर आउनुभएको थियो । परियार घाइते आमासँगै सोही अस्पतालमा उपचाररत हुनुहुन्छ ।

सुनिलका अनुसार जिपको चालक बस्ने सिटमा कोच्चिएर चार जना बसेका थिए । “जिपभरी मान्छे थिए । अगाडि र पछाडि कोचिएर बस्नु परेको थियो”, उहाँले भन्नुभयो, “म गाडीको अन्तिम सिटमा थिएँ । धुलैधुलो र खाल्डाखुल्डी भएको बाटोमा दुर्घटना हुनुअघि गाडी तीन/ चारपल्ट हल्लिएजस्तो भएको थियो ।” उहाँले चालकले सडकको अवस्थाबारे राम्रोसँग ध्यान नदिँदा गाडी दुर्घटनामा परेको हुनसक्ने अनुमान गर्नुभयो ।

“हिजोको घटना त सपनाजस्तै लागिरहेको छ । होसमा आउँदा भिरमुनि बारीको कान्लाजस्तो ठाउँमा रहेको थाहा पाएँ”, उहाँले भन्नुभयो, “म होस्मा आउँदा छेउमा आमा घाइते अवस्थामा हुनुहुन्थ्यो । आफू घाइते भए पनि आमाले मलाई बोलाइरहनुभएको रहेछ ।”

धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप बिहीबार विहान १०:३० बजे आसपासमा भएको दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा सुनिलको एउटा खुट्टा भाँच्चिएको छ भने आमा सविनाको खुट्टा र निधारमा गहिरो चोट लागेको छ । घाइते सुनिल अहिले मैनामैनीको बाटो सम्झिँदा नै डर लागिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बाटो राम्रो भएको भए सायद दुर्घटना नहुनसक्थ्यो ।”

भोजपुरको दक्षिणी क्षेत्रका बासिन्दाका लागि तराईका जिल्लामा आउजाउ गर्ने छोटो दूरीको यो सडक निकै अप्ठेयारो छ । सुनसरीको धरान वा इटहरीबाट चतराघाट हुँदै कोशी पुल तरेर उदयपुरको कोठुबाट सप्तकोशी नदीपारिको भिरको यो बाटो मैनामैनी दूधकोशी किनारको चुहारसम्म पुग्छ ।

चुहारमा दुई वर्षमा सक्ने गरी पक्की पुलको ठेक्का लागेको तीन वर्ष हुँदासमेत आधा काम पनि सकिएको छैन । पक्की पुल नभएपछि तराईबाट भोजपुर जाने गाडी उदयपुरको चुहार पुलवारिसम्म मात्र पुग्छन् । भोजपुरका बासिन्दाले दूधकोशीको झोलुङ्गे पुल तरेर फेरि अर्को गाडीमा चढ्नपर्ने बाध्यता छ ।

चुहार पुल समयमा नबनेपछि त्यहाँसम्म पुग्ने कच्ची सडक पनि राम्रोसँग बन्न सकेको छैन । कच्ची बाटो पनि खाल्डाखुल्डी र धुलोले अस्तव्यस्त छ । त्यही अस्तव्यस्त सडकमा पुराना जीप र बोलेरोमा टनाटन यात्रु कोचेर ल्याउने लैजाने गरिएको व्यवसायी रमेश हतुवाली बताउनुहुन्छ । दुर्घटना भएको जानकारी आउने वित्तिकै एम्बुलेन्ससहित उद्धारका लागि घटनास्थल पुग्नुभएका व्यवसायी हतुवाली सडक र पुलका विषयमा पटक(पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

चुनावका बेला चुहारमा पक्की पुल बनाउने विषयले महत्व पाउने भए पनि राजनीतिक दल र ठेकेदारले गम्भीर रुपमा नलिँदा समस्या समाधान नभएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “यो क्षेत्रमा सडकको दूरावस्था छ, त्यसमाथि पुराना गाडीमा भरिभराउ छन् । यात्रु हालेर कुदाउने चलन छ । यो अवस्था सुधार नगर्ने हो भने अझै दुर्घटनाको सम्भावना उत्तिकै छ ।”

चुहारमा पक्की पुल निर्माण भए विशेष गरी भोजपुरको दक्षिणी भेगमा पर्ने हतुवागढी, रामप्रसाद राई र आमचोक गाउँपालिका तथा खोटाङको साकेला गाउँपालिकाका बासिन्दाका लागि तराईका जिल्ला आवतजावत गर्न आधा दूरी छोटिन्छ । दक्षिण भोजपुरको केन्द्र घोडेटारबाट चतराहुँदै धरान आइपुग्न ५९ किलोमिटर दूरी पर्छ । त्यस्तै भोजपुर सदरमुकामबाट घोडेटार, चतरा हुँदै धरान आइपुग्न ९५ किलोमिटर पर्छ । तर घोडेटार बजारबाट भोजपुर सदरमुकाम, धनकुटा हुँदै धरान आइपुग्न करिब २०० किलोमिटर यात्रा गर्नुपर्छ ।

दक्षिण भोजपुरका बासिन्दालाई सुविधा पुर्‍याउने उद्देश्यले कोशी प्रदेश सरकारले गौरवको योजनाअन्तर्गत २०७७ सालमा चुहार पुलको ठेक्का लगाएको थियो । विसं २०७७ असोज २६ मा प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईबाट शिलान्यास भएको चुहार पुल दुई वर्षभित्र अर्थात् २०७९ कात्तिकसम्ममा निर्माण सम्पन्न गर्ने गरी कालिका प्यासिफिक जेभीले रु २१ करोड २३ लाख १२ हजार चार सय सातमा ठेक्का पाएको थियो ।

तोकिएको समयमा पुल निर्माण नभएपछि २०७९ साल चैत ६ गते कोशी प्रदेशसभा सदस्य सिर्जना राई, पूर्वमुख्यमन्त्री शेरधन राई, यातायात पूर्वाधार निर्देशनालय इटहरीका निमित्त प्रमुख जितेन्द्रकुमार कर्ण, निर्माण कम्पनीका प्रतिनिधि ठाकुरप्रसाद कँडेललगायतका सरोकारवालाबीच भएको बैठकले चार बुँदे निर्णय गर्दै २०८० साल असोज १३ सम्ममा काम सक्ने गरी तत्काल निर्माण अघि बढाउने सहमति गरेको थियो । तर दोस्रो पटकको म्याद पनि सकिए पनि पुल अलपत्र अवस्थामा छ । रासस