२१ मंसिर २०८२, आईतवार
,
Latest
सबल अर्थतन्त्रका लागि ऊर्जा क्षेत्रमा आवश्यक छ स्पष्ट नीति एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेलाई विधेयक पेश गर्न नदिने कांग्रेसको तयारी



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई विधेयक पेश गर्न नदिने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूचीमा रहेकोमा कांग्रेसले लामिछानेलाई गृहमन्त्री मान्न नसकिने भन्दै विधेयक पेश गर्न नदिने तयारी गरेको हो ।

सहकारी ठगी तथा दोहोरो राहदानी प्रकरणमा अनुसन्धानको दायरामा रहेको व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले यसअघि प्रधानमन्त्रीको जवाफ मागेको थियो ।

यसअघि एमाले र रास्वपाले नै छानबिनको दायरामा रहेका र प्रश्न उठेका व्यक्ति मन्त्रीमा रहन नहुने भनेर सदनको कारवाही रोकेको स्मरण गराउँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेको सन्दर्भमा दोहोरो मापदण्ड देखाउन नमिल्ने बताएका थिए ।