१८ भाद्र २०८३, बिहीबार
,
Latest
खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेलाई विधेयक पेश गर्न नदिने कांग्रेसको तयारी



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई विधेयक पेश गर्न नदिने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूचीमा रहेकोमा कांग्रेसले लामिछानेलाई गृहमन्त्री मान्न नसकिने भन्दै विधेयक पेश गर्न नदिने तयारी गरेको हो ।

सहकारी ठगी तथा दोहोरो राहदानी प्रकरणमा अनुसन्धानको दायरामा रहेको व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले यसअघि प्रधानमन्त्रीको जवाफ मागेको थियो ।

यसअघि एमाले र रास्वपाले नै छानबिनको दायरामा रहेका र प्रश्न उठेका व्यक्ति मन्त्रीमा रहन नहुने भनेर सदनको कारवाही रोकेको स्मरण गराउँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेको सन्दर्भमा दोहोरो मापदण्ड देखाउन नमिल्ने बताएका थिए ।