२ जेष्ठ २०८२, शुक्रबार
,
Latest
जलवायु नेतृत्वमा नेपाल दृढ छः वनमन्त्री ठकुरी जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्यमा जोड प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित पूर्वसैनिकले गरे आफ्नै छोरी र भतिजोको हत्या जलवायु परिवर्तन अब सुदूरको खतरा रहेनः प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिबाट संघीय निजामती विधेयक पारित रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट कुमार र तिलप्रसादको इजलासमा हामी हातेमालो गरौं, साहस र संवेदनाका साथ अगाडि बढौं, न्यायपूर्ण भविष्यका लागि, दीगो पृथ्वीका लागि हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री कांग्रेस संसदीय दलको बैठक शनिबार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ ।

उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिनुभएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । उहाँले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालको निर्देशनसँग उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थाल्नुभएको उहाँको सचिवालयले जनाएको छ । आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।