२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेम दिबसको अवसर पारेर चलचित्र “प्रेमगन्ज”को घोषणा



अ+ अ-

काठमाडौं । बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु अब निर्माता बन्ने भएका छन् । उनले प्रेम दिबसको अवसर पारेर आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्र “प्रेमगन्ज”को औपचारिक घोषणा गरेका छन् । चलचित्र पूर्ण त प्रेमकथामा आधारित हुने बताइएको छ ।

राजु अहिले एक भोजपुरी चलचित्रका निम्ति इन्डियामा छन् । उनले सगुन देखि “ए मेरो हजुर ३” सम्म आउदा लगभग तिन सय बढी चलचित्रमा काम गरिसकेका छन् । उनि यो चलचित्र क्षेत्रमा पाईला राख्दा जम्मा ११ बर्षका थिए । आफ्नो जीबनको आधि हिस्सा चलचित्र क्षेत्रलाई दिएका राजुलाई अब चलचित्र क्षेत्रले के दिन्छ ? त्यो भने अब हेर्न बाकीं छ ।

परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । यस चलचित्रका कलाकार भने फाइनल हुन बाँकी रहेका छन् । यो चलचित्र “चलचित्र चौतारी” को ब्यानरमा निर्माण हुन लागेको हो ।