• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

प्रचण्ड–माधव समूहको आयोगलाई प्रश्न : पार्टीको विवाद समाधान नगरी कसरी चुनाव हुन्छ ?



काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समुहले निर्वाचन आयोगलाई नेकपामा देखिएका विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने बताएको छ। आइतबार आयोगमा भएको बैठकमा सहभागी प्रचण्ड-नेपाल समुहका नेता लिलामणि पोखरेलले पार्टीमा देखिएको विवाद हल नगरी निर्वाचन अगाडि बढ्न नसक्ने बताएका हुन् । 

‘६४ प्रतिशत मत भएको राजनीतिक दलको विवाद सम्बन्धी प्रश्नहरू हल नगरी कसरी निर्वाचन सम्पन्न गर्नु हुन्छ ? नेकपाको ६४ प्रतिशत मत छ। यसको विवाद समाधान नगरी निर्वाचन सम्पन्न गर्न सकिन्न,’ छलफलमा बोलेर बाहिरिएका पोखरेलले भने।

नेकपाका ओली र प्रचण्ड नेपाल समूहलाई आयोगले आधिकारिकता दिएको छैन। आयोगले पार्टी स्थापना गर्दाको ४४१ सदस्यीय केन्द्रीय समिति भएकोलाई मान्यता दिएको र त्यसपछि थपेका केन्द्रीय सदस्यलाई मान्यता दिएको  छैन । 

आयोगले निर्वाचन आचारसंहिताबारे १४ दलका सहभागी नेताहरुसंग गरेको हो।  आयोगमा नेकपाबाट ओली समूहका नेता बाबुराम शर्मा दाहाल र प्रचण्ड-नेपालबाट पोखरेल सहभागी छन् भने कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना सहभागी छन्।