५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करीको प्रतिवेदन अध्ययनपछि गृहमन्त्रीले प्रधानमन्त्रीलाई भेटे



file photo
अ+ अ-

काठमाडौं । उच्चस्तरीय आयोगले बुझाएको सुन तस्करी प्रतिवेदनको अध्ययनपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

गृहमन्त्री लामिछानेले प्रतिवेदन अध्ययन गरेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । प्रचण्डसँग भेटेर फर्किएका लामिछानेले प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग पनि छलफल गरेका छन् ।

सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले बिहीबार बिहान गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो ।

आयोगले प्रतिवेदन ४८५ पृष्ठ, १३ अनुच्छेद र ९ अनुसूचीमा बुझाएको थियो । ९ भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको जनाईएको छ । प्रतिवेदनको १३औं परिच्छेदमा निश्कर्ष र सुझाव मा मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआर डीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली समावेश गरिएको छ ।

प्रतिवेदन बुझे लगत्तै मन्त्रालयमै अध्ययन गरेर लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर यसबारे ब्रिफिङ गरेका हुन् । यसपछि उनले प्रहरी महानिरीक्षक कुँवरलाई छलफलका लागि बोलाएका थिए ।