२७ श्रावण २०८३, बुधबार
,
Latest
संसदीय समितिमा प्रहरी महानिरीक्षकको असन्तुष्टिः ‘संस्थाको मर्यादा र गरिमाको ख्याल गरियोस्’ कारागार तथा बाल सुधार गृहहरुलाई दण्डात्मक संस्था नभई पुनःस्थापना केन्द्रका रुपमा विकास गर्न संसदीय उपसमितिको… राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना ‘द एभरेस्ट ड्रीम’ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद चुनावी परिणाम र युवा नेतृत्वको क्याबिनेटले मात्रै सपना पूरा हुँदैन, सरकारले काम गर्नुपर्छः सभापति लामिछाने संसदीय अभ्यासलाई मर्यादित बनाउनुपर्नेछः सचेतक राई सवारी चाप व्यवस्थापनमा पूर्वाधारदेखि प्रविधिसम्म जोड दिन सरोकारवालाको माग रास्वपा वैकल्पिक होइन, निर्विकल्प शक्ति बन्नुपर्छः सभापति लामिछाने सवारी आयातमा व्यवसायी ‘खरायो’, पूर्वाधार निर्माणमा सरकार ‘कछुवा’ भयो : व्यवसायी थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्छ: चन्द्र भण्डारी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्ने आवश्यकता भएको बताउनुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बहुदल ल्याएको ३४ वर्षसम्म पनि कुनै नेताले मुलुकको विकासका लागि नसोचेको बताउनु भयो । उहाँले वादेवादे जायते तत्वबोध भन्नेकुरामा विश्वास गरेको पार्टी काँग्रेसले संसद बन्द गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्रस पार्टीहरुसँग पनि सरसल्लाह गरेर हामी अब नयाँ तरिकाबाट मुलुकलाई अघि बढाउने काममा जाँदैछौँ । जसले वादेवादे जायते तत्वबोध भन्नेकुरामा विश्वास गरेको छ, त्यो पार्टीले संसद बन्द गर्नु हुँदैन । सिद्धान्तत: सदन बन्द गर्नु गलत हो । लोकतान्त्रिक शक्तिले सदन बन्द गर्नु हुँदैन । ३४ वर्ष भयो हामीले बहुदल ल्याएको यो समयमा कुनैपनि नेताले मुलुकको बारेमा सोचेन । चिन्ता गरेन । जबसम्म अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन सक्दैनौँ तबसम्म मुलुक समृद्ध हुन सक्दैन ।’

उहाँले अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन नसकेसम्म देश समृद्ध हुन नसक्ने बताउनु भयो ।




भर्खरै