• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिन्छौँ: राजेन्द्र पाण्डे



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिने बताउनुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका प्रतिवद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरेको खण्डमा असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले स्पटै भनेको छु, तपाईले बोलेको कुराहरु पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ । तपाई बिदा हुनुहुन्छ । भोट हाल्दैनौँ भनेको छु । १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु ? प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरे बाहिर निस्किन्छौँ ।’

उहाँले प्रधानमन्त्रीका प्रतिवद्धता पूरा नभए आगामी आर्थिक वर्षको बजेटमा समर्थन दिन नसक्ने बताउनु भयो ।