• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट



डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात भएको छ ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बोलाईएको बैठकमा आक्रोशित सदस्यहरूले कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए । कुटपिटबाट घाइते भएका अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।