५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले र माओवादी कम्युनिष्ट हुन् भने पुँजीवादी सरकारमा जानु हुँदैन थियो: प्रेम सुवाल



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) कम्युनिष्ट भए पुँजीवादी सरकारमा जानु नहुने बताउनुभएको छ ।

संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक पार्टी एउटा निश्चित वर्ग आधार र दर्शनमा आधारित हुने भएपनि अहिलेको सत्ता गठबन्धन राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणमा कुनै भिन्नता नरहेको देखिएको बताउनु भयो । उहाँले विगतको सत्ता गठबन्धन र अहिलेको सत्ता गठबन्धन सिद्धान्तहीन रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक पार्टी एउटा निश्चित वर्ग आधार र दर्शनमा आधारित हुन्छ । सत्ता गठबन्धनको हेर्दाखेरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणमा कुनै भिन्नता देखेनौँ । त्यस्तै आन्तरिक मामिला र विदेश मामिला, आर्थिक मामिलामा पनि कुनै भिन्नता देखेनाँै । पार्टी फरक हुनुको अर्थ आर्थिक विषय पनि फरक हुनुपर्दथ्यो । एउटै विषय हो भने पार्टी अलगअलग किन चाहियो । नेपाली काँग्रेसले सामन्त र पुँजीपति वर्गको सेवा गर्दछ । कम्युनिष्टहरुले मजदुर किसानहरुको वकील भएर काम गर्नुपर्ने हो । एमाले र माओवादी आफूलाई कम्युनिष्ट भन्छन् तर मजदुर किसानको लागि वकील भएर काम गरेको देखिँदैन । एमाले र माओवादी साँच्चै कम्युनिष्ट हुन् भने यो पुँजीवादी सरकारमा जानु नहुने हो ।’

सांसद सुवालले एमाले र माओवादीले आफूलाई कम्युनिष्ट भन्ने गरेको भएपनि कम्युनिष्टहरको सिद्धान्तमा नहिँडेको बताउनु भयो ।