२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चालकलाई जेल पठाएर सहकारीका वचतकर्ताको वचत फिर्ता हुन सक्दैन: कानूनमन्त्री गिरी



अ+ अ-

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका सञ्चालकको गल्तीले मात्रै सहकारीमा समस्या नआएको बताउनुभएको छ । रोल…

बिहीवारबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय सहकारी महासंघको आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले यस्तो दाबी गर्नुभएको हो । उहाँले सहकारीका सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको भन्दै राज्यले समयमा नियमन नगर्दा अहिलेको परिस्थिति आएको बताउनु भयो ।

उहाँले सहकारीमा समस्या आएपनि समाधानको लागि राज्यले लिएको कार्यशैली गलत भएको बताउनु भयो । कानूनमन्त्री गिरीले सहकारीबाट ऋण लिएर ठूूलाठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियामक निकाय रमिते बन्दा यस्तो अवस्था आएको उल्लेख गर्नु भयो । सहकारीको नियमन गर्न बसेका निकायहरुले राज्यबाट सुविधा लिने तर ठूलो समस्या आउँदा ध्यान नदिनेकुरा राम्रो पक्ष नभएको उहाँको भनाई छ ।

उहाँले आम जनताको वचतबाट ऋण लिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न जरुरी रहेको बताउनु भयो । उहाँले ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै कतिपय ऋणीका कारण सहकारीहरु समस्यामा परेको बताउनु भयो । उहाँले विधि,पद्धति,सहकारीका मूल्यमान्यता र सिद्धान्त भन्दा बाहिर गएर ऋण प्रवाह गर्नेलाई कानून बमोजिम कारबाही हुनुपर्ने बताउनु भयो । जुनसुकै हिसावमा सहकारीबाट लिएको ऋण ऋणीले तिर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीका सञ्चाललाई थुनेर मात्रै वचत फिर्ता नहुने भन्दै समयमै प्रभावकारी नियमन नहुँदा समस्या आएकाले समाधानको निम्ती पनि समय दिनुपर्ने उनको भनाई । उहाँले सञ्चालकलाई जेल पठाएर सहकारीका वचतकर्ताको वचत फिर्ता हुन नसक्ने धारणा राख्नुभयो । उहाँले सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको बताउनु भयो । उहाँले प्रविधिमार्फत सदस्यहरुलाई संस्थाको हरेक गतिविधिका बारेमा जानकारी दिनसके विश्वास बढ्ने उल्लेख गर्नुभयो । पारदर्शीताको अभावले केही सहकारीमा समस्या आएकाले प्रविधिमा साक्षत्कार हुँदै सहकारी अगाडी बढ्न आवश्यक रहेको उहाँको धारणा थियो ।

उहाँले भन्नुभयो,‘सहकारीबाट ऋण लाने मान्छे सरर प्राडो कार चढेर हिँड्छ । कार चलाएर शहरमा हिँड्छ । ऋण दिने मानिस जेल गएर बसेको छ । जसले ऋण दियो उ जेलमा छ । जसले ऋण लगिएको थियो उसले ऋण तिर्नुपर्दैन । कार चलाएर हिँड्छ । स्टार होटलमा कसेर हिँड्छ । विधि पद्धति,सहकारीका मूल्यमान्यता र सिद्धान्त भन्दा बाहिर गएर ऋण प्रवाह गर्नेलाई कानून बमोजिम कारबाही हुनुपर्छ । कुनै दुविधा छैन । तर जुनसुकै हिसावमा ऋण लिएको होस् । आम जनताबाट संकलन गरेको रकमबाट ऋण पाएको हो । त्यो ऋण तिर्नुपर्छ । समयमा ऋण तिर्नुस् तिर्नुभएन भने साँवा ब्याज र हरजनासहित तिर्नुपर्छ । नतिरे कालोसूचिमा जान्छौं । बैंकले जसरी कारबाही गर्छ । त्यही सरह कारबाही हुन्छ भनेको भए सरकार वा अर्थमन्त्रालयले समयमा भनिदिएको भए । सहकारीमा अहिलेको स्थिति आउने थिएन । त्यति भन्दा पनि डेढ वर्ष लाग्यो । अझै भन्न सकिए रहेको छैन । सहकारीबाट ऋण लिएर छोरा अमेरिका पठाउने,छोरी अष्टे«लिया बढ्न पठाउने तर ऋण तिर्दैन । सञ्चालकलाई थुनिएको छ । अब यी सबै विषयलाई समावेश गरेर जानुपर्छ । यसको समाधान ननिकाली कुनै छुट छैन । सहकारी आन्दोलनलाई अरु बलियो बनाउनुपर्छ । आम जनतामा विश्वासको वातावरण बनाउनुपर्छ । प्रविधि युक्त बनाएर पारदर्शी रुपमा काम गर्न सकिन्छ । सुशासन कायम गरेर मात्रै काम गर्न सकिन्छ । सहकारीका सञ्चालकहरुलाई पनि गलत गर्दा पनि थुनि हाल्ने हो भने बचत र्फिता कसले दिन्छ । सम्भव भएसम्म उनीहरुलाई वचत फिर्ता गराउन प्रयोग गर्न सक्नुपर्छ । जमानतमा छाडेर भएपनि विकल्प खोज्नुपर्छ । राज्यले समयमा नियमन नगरेर बिग्रेपछि सुधार गर्न समय लाग्छ ।’

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीमा बढ्दै गएको कुशासन र अपारदर्शीता हटाउनको लागि प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सहकारीका सदस्यहरुलाई छिटो छरितो र पारदर्शी रुपमा सेवा दिनको लागि सहकारीलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष मल्लले सहकारीहरुमा पेपरलेस बनाउनको लागि सहकारीलाई डिजिटल फर्ममा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले डिजिटल प्रविधि सहकारीलाई पेपरलेस बनाउने खुड्कीलोको रुपमा लिनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल