१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

देशका समस्याहरुको समाधान गर्नु सबै दलहरुको साझा दायित्व हो: ठाकुर गैरे

देशका समस्याहरुको समाधान गर्नु सबै दलहरुको साझा दायित्व हो: ठाकुर गैरे
अ अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले देशमा देखिएका समस्याहरुको समाधान गर्नु सबै राजनीतिक दलहरुको साझा दायित्व भएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले देशमा अविकास, बेरोजगारी, तस्करी, कमिसनतन्त्र र भ्रष्टाचारको समस्या रहेको भन्दै सबै समस्याहरु साझा समस्या भएका बताउनु भयो । उहाँले ति समस्याहरुको समाधान गर्नु संसदमा भएका सबै राजनीतिक दलहरुको साझा दायित्व भएको बताउनु भयो । समस्या समाधानका लागि सरकारको विशेष पहलकदमी, भुमिका र नेतृत्व भने आवश्यक पर्ने भन्दै उहाँले सरकार त्यस दिशामा अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले सत्तापक्ष हुँदा कुनै समस्याहरुमा चासो नदेखाउने तर प्रतिपक्ष हुनासाथ क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘म के विश्वास राख्छु भने आगामी दिनमा नेपालका कम्युनिस्ट पार्टीहरुका बीचमा सहकार्यलाई अझ मजबुत बनाउँदै एकताको तहसम्म विकसित हुने र सबै देशभक्त, लोकतन्त्रवादी शक्तिहरुका बिचमा विकास निर्माणका प्रश्नमा सहकार्यको आचरणको दिशामा हामी अगाडी बढ्नेछौँ । सरकारमा बसेको बेला, सत्तापक्षको बेञ्चमा बसेको बेला देशमा जतिसुकै समस्या परुन् । विकास नहोस् । भ्रष्टाचार होस् । बेथिति बढुन् । कानमा तेल हालेर बस्ने । त्यसमा कुनै चासो नराख्ने ।’

‘तर प्रतिपक्षको बेञ्चमा पुग्नासाथ भयंकर क्रान्तिकारी बन्ने प्रवृत्ति हामीले त्याग्नुपर्दछ । म सबैलाई अपील गर्न चाहान्छु, आज देशमा भएका जतिपनि समस्या छन्, ति हाम्रा साझा समस्याहरु हुन् । अविकास, बेरोजगारी, तस्करी, कमिशनतन्त्र, भ्रष्टाचार यो कुनै दल विशेषका वा व्यक्ति विशेषका कुरा होइनन् । राम्रो देशका साझा समस्या हुन् । ति समस्याहरुलाई समाधान गर्ने यो संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदहरुको, सबै दलहरुको र हामी सबैको साझा दायित्व हो । सरकारको विशेष पहलकदमी, भुमिका र नेतृत्व आवश्यक पर्छ । सरकार त्यस दिशामा अगाडी बढ्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

उहाँले आगामी दिनमा कम्युनिस्ट पार्टीहरुका बिचमा सहकार्य मजबुत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।