३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका समस्याहरुको समाधान गर्नु सबै दलहरुको साझा दायित्व हो: ठाकुर गैरे



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले देशमा देखिएका समस्याहरुको समाधान गर्नु सबै राजनीतिक दलहरुको साझा दायित्व भएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले देशमा अविकास, बेरोजगारी, तस्करी, कमिसनतन्त्र र भ्रष्टाचारको समस्या रहेको भन्दै सबै समस्याहरु साझा समस्या भएका बताउनु भयो । उहाँले ति समस्याहरुको समाधान गर्नु संसदमा भएका सबै राजनीतिक दलहरुको साझा दायित्व भएको बताउनु भयो । समस्या समाधानका लागि सरकारको विशेष पहलकदमी, भुमिका र नेतृत्व भने आवश्यक पर्ने भन्दै उहाँले सरकार त्यस दिशामा अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले सत्तापक्ष हुँदा कुनै समस्याहरुमा चासो नदेखाउने तर प्रतिपक्ष हुनासाथ क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘म के विश्वास राख्छु भने आगामी दिनमा नेपालका कम्युनिस्ट पार्टीहरुका बीचमा सहकार्यलाई अझ मजबुत बनाउँदै एकताको तहसम्म विकसित हुने र सबै देशभक्त, लोकतन्त्रवादी शक्तिहरुका बिचमा विकास निर्माणका प्रश्नमा सहकार्यको आचरणको दिशामा हामी अगाडी बढ्नेछौँ । सरकारमा बसेको बेला, सत्तापक्षको बेञ्चमा बसेको बेला देशमा जतिसुकै समस्या परुन् । विकास नहोस् । भ्रष्टाचार होस् । बेथिति बढुन् । कानमा तेल हालेर बस्ने । त्यसमा कुनै चासो नराख्ने ।’

‘तर प्रतिपक्षको बेञ्चमा पुग्नासाथ भयंकर क्रान्तिकारी बन्ने प्रवृत्ति हामीले त्याग्नुपर्दछ । म सबैलाई अपील गर्न चाहान्छु, आज देशमा भएका जतिपनि समस्या छन्, ति हाम्रा साझा समस्याहरु हुन् । अविकास, बेरोजगारी, तस्करी, कमिशनतन्त्र, भ्रष्टाचार यो कुनै दल विशेषका वा व्यक्ति विशेषका कुरा होइनन् । राम्रो देशका साझा समस्या हुन् । ति समस्याहरुलाई समाधान गर्ने यो संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदहरुको, सबै दलहरुको र हामी सबैको साझा दायित्व हो । सरकारको विशेष पहलकदमी, भुमिका र नेतृत्व आवश्यक पर्छ । सरकार त्यस दिशामा अगाडी बढ्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

उहाँले आगामी दिनमा कम्युनिस्ट पार्टीहरुका बिचमा सहकार्य मजबुत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।