१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

प्रतिनिधिसभा बैठक: सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग

प्रतिनिधिसभा बैठक: सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग
photo: RSS/ file
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी र वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको बैठकको शून्य समयमा सांसदहरुले महिला हिंसा अन्त्य हुनुपर्ने, पोखरामा १६ वर्षअघि जग्गा अधिग्रहण गर्दा मुआब्जाबापतको रकम नपाएकाले अदालतको आदेशबमोजिम रकम पाउनुपर्ने माग गर्नुभयो । उहाँहरुले सहकारी विवाद र सुन तस्करी प्रकरणमा जोडिएका व्यक्ति सरकारमा सहभागी हुन नहुने तथा गोकर्णेश्वर नगरपालिकामा मेलम्चीको पानी सहज आपूर्तिको माग गर्नुभयो ।

सांसदहरुले अनुचित लेनदेन (मिटरब्याज)पीडितसँग भएका सहमति छिटो कार्यान्वयन हुनुपर्ने, चक्रपथको ‘सर्भिस ट्र्याक’ निर्माणमा ढिलाइ भएको, बोलपत्र खुला गरिए पनि सडक निर्माण सुरु नभएको, स्वर्गद्वारी जग्गाका मोही किसानले चलाएको आन्दोलनको माग सम्बोधन हुनुपर्ने, शिक्षा र स्वास्थ्यका राज्यको दायित्व र लगानी बढाउनुपर्ने, मिर्गौला रोगबाट बच्न सचेतना फैलाइनुपर्ने, सुनकोसी नदीको धाप्लाङ पसल निर्माण रोकिन नहुने, रोजगारी सिर्जना गर्नुपर्ने, दाइजो नपाउँदा विवाह रद्द गर्नेलाई कारबाही हुनुपर्ने आवाज उहाँहरुले उठाउनुभएको छ ।

सांसदहरुले मध्यवर्ती क्षेत्रका जनतालाई विकासको अनुभूति दिन, किसानले मल नपाएको रोदनको सुनुवाइ गर्न, प्रादेशिक अस्पतालमा पूर्वाधार विकास गरिनुपर्ने, गोरखाको पालुङटारमा यथाशीघ्र कृषि क्याम्पस सञ्चालन गर्न माग गर्नुभयो । उहाँहरुले योगमाया आयुर्वेदिक विश्वविद्यालयको निर्माणलाई गति दिन, हात्तीको आक्रमणबाट स्थानीयलाई जोगाउन, आगामी आर्थिक वर्षको बजेट महिलामैत्री बनाउन पनि माग गर्नुभयो ।

शुन्य समयमा सांसदहरु बिजुला रायमाझी, विद्या भट्टराई, बीना लामा, श्यामकुमार घिमिरे, विनिताकुमारी सिंह, शान्ति विक, शान्ति श्रेष्ठ, शिव नेपाली, शिशिर खनाल, शोभा ज्ञवाली, शङ्कर भण्डारी, सपना राजभण्डारी, सरस्वती बजिमय, सरस्वती सुब्बा, सराज अहमद फारुकी, सरिता भुसाल, डा स्वर्णिम वाग्ले, शान्ति चौधरी, सीताकुमारी राना, सीता मिजार, सुनिता बराल, सुशीला श्रेष्ठले समसामयिक विषयमा आवाज उठान गर्नुभयो ।

साथै सांसदहरु सूर्यकुमारी श्रेष्ठ, सूर्यप्रसाद ढकाल, सूर्यबहादुर थापा क्षेत्री, सोभिता गौतम, हर्कमाया विश्वकर्मा, हरि ढकाल, हितराज पाण्डे, हेमराज राई, ज्ञानबहादुर शाही, ज्ञानु बस्नेत सुवेदी र ज्ञानेन्द्रबहादुर कार्कीले शुन्य समयमा भाग लिनुभयो । रासस