१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरै कार्यकालमा उपभोक्ता अदालत स्थापनाको कुरा टुंगोमा पुर्‍याउँछु: मन्त्री गिरी



file photo
अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत छिटो स्थापनाका लागि पहल गर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा राष्ट्रिय उपभोक्ता मञ्च नेपाल र उपभोक्ता अधिकार अनुसन्धन मञ्च एवं उपभोक्ता संरक्षण मञ्च नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उपभोक्ता अदालत अनिवार्य रहेको पनि बताउनु भयो । उपभोक्ता अदालत स्थापना गर्नसके उपभोक्ताको हीत, अधिकारलाई संरक्षण गर्न सकिने बताउनु भयो ।

उहाँले सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न आदेश दिइसकेको र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत नै बनेको कार्यदलले पनि उपभोक्ता अदालतको आवश्यकता औंल्याएकाले आफू छिटो भन्दा छिटो स्थापनाका लागि पहल गर्ने बताउनु भयो । उहाँले आफू मन्त्री रहँदा नै उपभोक्ता अदालत स्थापना गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले आफू मन्त्री हुँदै उपभोक्ता अदालत स्थापनाको गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले गुणस्तरहीन वस्तु र सेवाको कारणले मानवलाई हुने क्षति, मानव स्वास्थ्यमा हुने क्षति वा अन्य प्रकारले हुने नोक्शानका सवालहरुमा नेपालमा संवेदनशील हुने गरेको नपाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपभोक्ता अदालतको जुन सन्दर्भ छ । सर्वोच्च अदालतको जुन आदेशले पनि यो गठन गर्न आवश्यक छ र यो पनि सातै प्रदेशमा गर्नु भन्ने हिसावले आदेश दिइसकेको एउटा सन्दर्भ छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत नै बनेको कार्यदलले पनि यस विषयमा संविधान, कानून, अन्तर्राष्ट्रिय अभ्यासहरु र देशभित्र भएका अहिले विद्यमान उपभोक्ताले भोगेको समस्याहरु र अनेक पाटा र पक्षलाई अध्ययन गरेरै होला उहाँहरुले दिएको कार्यदलको रिपोर्टमा पनि यो आवश्यक छ भनेर दिएको निस्कर्षहरु धेरै महत्वपूर्ण छन् । गुणस्तरहीन वस्तु र सेवाको कारणले मानवलाई हुने क्षति, मानव स्वास्थ्यमा हुने क्षति वा अन्य प्रकारले हुने नोक्शानका सवालहरुमा नेपालको सन्दर्भमा हामी त्यति धेरै संवेदनशील छैनौँ । यो यथार्थ हो ।’

‘हामी उपभोक्ताहरु जुनसुकै तरिकाले ठगिएको होस्, शोषणमा परेको होस्, उसको स्वास्थ्य र उसको विविध पक्षमा भएका क्षतिहरु हुन् त्यो विषय हाम्रो प्राथमिकताको विषय कहिल्यै बनेको छैन । जसले गर्दा उपभोक्ताहरु आधारभुत रुपमा अन्यायमा परिरहेको र उनीहरुले न्याय नपाएको स्थिति छ । ति विषयमा अदलातमा रिट दिने हो भनेपनि अदालतमा अहिल्यै तमाम हजारौँ संख्यामा मुद्दाहरुको फैसला नभइ बसेको अवस्थामा उपभोक्ताका यस्ता मुद्दा प्राथमिकतामा परेर छिटै फैसला हुने अवस्थामा छैन । त्यसकारणले हाम्रो संविधानमा जे कुरा उल्लेख भएको छ, मौलिक हकको धारा ४४ को एक र दुईमा छ जस्तो लाग्छ, त्यसलाई कार्यान्वयन गर्नको लागि उपभोक्ता अदालत लगभग अनिवार्य छ । त्यसो गर्न सक्दा वास्तवमा उपभोक्ताको हीत, अधिकारलाई संरक्षण गर्नसक्छौँ । म मन्त्री रहँदै गर्दा उपभोक्ता अदालत स्थापना गर्न मैले महत्वपूर्ण भुमिका खेल्नेछु । यसलाई टुंगोमा पुर्‍याउनेछु ।’

उहाँले उपभोक्ता ठगिएका विषयहरु सरकारको पहिलो प्राथमिकतामा नपर्दा उपभोक्ताहरु आधारभुत रुपमा अन्यायमा परिरहेको बताउनु भयो ।