२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ



file-photo
अ+ अ-

काठमाडौँ । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् ।

लागु औषध मुद्दामा फरार रहेका इलाम संगरुम्बा-५ का २९ वर्षीय रोशन राईलाई इन्टरपोलमार्फत पक्राउ गरी बिहीबार काठमाडौं फिर्ता ल्याइएको नेपाल प्रहरीले जानकारी दिएको छ।

ईलाम नगरपालिका का २५ वर्षीय विकास बसेल समेत ३ जनालाई प्रहरीले अवैध लागु औषध खैरो हेरोइन ३७ ग्राम ५ सय मिलिग्राम र डिजिटल तराजु १ थानसहित गत साउन २६ गते पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा उक्त लागुऔषधको कारोबारमा रोशन राई समेतको संलग्नता रहेको पाईएपछि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २५ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । इन्टरपोल कुवेतसँग समन्वय गरी कारबाहीका लागि उनलाई नेपाल ल्याइएको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागु औषध नियन्त्रण ब्यूरो पठाईएको छ ।