• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

धरानबाट भोजपुर जाँदै गरेको जीप दुर्घटना, ५ जनाको मृत्यु



भोजपुर । धरानबाट भोजपुर जाँदै गरेको जीप उदयपुरमा जीप दुर्घटना भएको छ ।

धरानबाट भोजपुरका लागि छुटेको को १ ज २५९३ नम्बरको जीप उदयपुरको मैनामैनीमा मा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

जीपका चालक मानबहादुर बस्नेत र बाँकी ४ यात्रुको मृत्यु भएको बताइएको छ । चालकबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन ।

जीपमा १४ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदीपराज पाठकले जानकारी दिए । घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको उनले बताए ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।