• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी ★   केकेआरसँग फाइनलमा को भिड्ने ? यस्तो छ इंग्ल्यान्डका लिजेण्डको भविष्यवाणी ★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश

गठबन्धनको साझा नीति तथा कार्यक्रम आज



फाईल फोटो

काठमाडौं । सत्ता गठबन्धन दलहरुले आफ्नो साझा नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न गठबन्धनको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको हो । गठबन्धनका पाँच दलका शीर्ष नेता सहभागि भएर कार्यक्रम सार्वजनिक गरिने छ ।

गठबन्धनको नीति तथा कार्यक्रममा मुलुकमा तत्काल गर्नुपर्ने, अल्पकालीन र दीर्घकालमा गरिने कार्यक्रमको योजना हुने छ ।
सत्ता गठबन्धन परिवर्तन भएसँगै नीति तथा कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल भएको थियो । गठबन्धनका ५ दलबाट १० सदस्यीय संयन्त्र निर्माण गरेको हो ।

कार्यदलमा एमालेबाट विष्णुप्रसाद पौडेल, विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन, अर्का उपमहासचिव जनार्दन शर्मा छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री डा. मुकुल ढकाल छन् ।

यसैगरी जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिस सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल कार्यदलमा छन् ।