९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

युएसएआईडीद्वारा कुखुरापालन परियोजनाका लागि निजी क्षेत्र, सहकारी र नेपाल सरकारसँग साझेदारीको शुभारम्भ

युएसएआईडीद्वारा कुखुरापालन परियोजनाका लागि निजी क्षेत्र, सहकारी र नेपाल सरकारसँग साझेदारीको शुभारम्भ
अ अ+ अ-

काठमाडौँ:  अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले आज लुम्बिनी प्रदेशको बुटवलमा कुखुरापालन परियोजनाका लागि साझेदारीको शुभारम्भ गरेको छ । कृषि तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूलाई एक साथ ल्याएको यस कार्यक्रमले नेपालको कुखुरापालन उद्योगको सफलताका लागि महत्त्वपूर्ण सहकार्यात्मक प्रयासमाथि जोड दिएको छ ।

नेपाली कम्पनी श्रीनगर एग्रीटेकद्वारा कार्यान्वयन गरिने २० लाख अमेरिकी डलरको तीन वर्षीय युएसएआईडी परियोजनाले कुखुरापालन बजार प्रणालीलाई बलियो बनाउनुका साथै सात हजार साना किसान तथा व्यवसायहरूको आयमा वृद्धि गर्नेछ । यसको उद्देश्य निजी क्षेत्रद्वारा सञ्चालित समावेशी तथा दिगो वृद्धिलाई सघाउनु हो ।

कुखुरापालन उद्योगले व्यापक आर्थिक वृद्धिलाई चलायमान बनाउँदै अत्यावश्यक रोजगारी, आय, खाद्य सुरक्षा र पोषण प्रदान गर्ने भएकाले नेपालमा यो उद्योग महत्त्वपूर्ण छ । नेपालको ग्रामीण अर्थतन्त्रमा कुखुरापालनले विशेष गरी महिला तथा सीमान्तकृत समूहलाई महत्त्वपूर्ण स्वरोजगारका अवसरहरू प्रदान गर्दछ र कृषि तथा पर्यटन जस्ता प्रमुख क्षेत्रहरूलाई समेत समर्थन गर्दछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवती रमण पौडेललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा उत्कृष्ट करार कृषकको उच्च कदर गर्नुका साथै युएसएआईडीको परियोजनामार्फत कुखुरापालन किसान तथा व्यवसायका लागि उपलब्ध उन्नत सेवाको प्रदर्शन गरिएको थियो ।

त्यसैगरी युएसएआईडी/नेपालका कार्यवाहक निर्देशक कारेन वेल्शले यस पहलको महत्त्वमाथि प्रकाश पार्दै भन्नुभयो, “यस परियोजनाले नेपालको कृषि क्षेत्रको रूपान्तरणकारी वृद्धिका लागि निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने र अर्थपूर्ण सरकारी-निजी साझेदारीको सिर्जना गर्ने दिशामा युएसएआईडीको प्रतिबद्धता प्रदर्शन गर्दछ ।” उद्‍घाटन समारोहमा उपस्थित अमेरिकी दूतावासका नियोग उप-प्रमुख जेसन मिक्सले नेपालमा उत्थानशील तथा दिगो कृषि उद्योग निर्माण गर्न युएसएआईडीको साझेदारीको भूमिका र देशभरिका समुदायका लागि सुधारिएको खाद्य सुरक्षा तथा पोषणमा त्यस प्रकारको साझेदारीले गर्ने योगदानमाथि जोड दिनुभयो।

सन् २०११ देखि हालसम्म युएसएआईडीले १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी लगानी गरी आठ लाखभन्दा धेरै नेपालीहरूलाई सुधारिएको कृषि उत्पादकत्व र बढेको बिक्रीमार्फत आयआर्जन वृद्धि गर्न सहयोग पुर्‍याएको छ ।