१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक बर्षमा जनावरको आक्रमणका कारण २३ हजार अस्ट्रेलियाली घाइते



अ+ अ-

क्यानबेरा । सन् २०२१/२२ मा जनावरका कारण घाइते भएका २३ हजारभन्दा बढी अष्ट्रेलियालीलाई अस्पतालमा भर्ना गरिएको थियो ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआइएचडब्लु) ले बुधबार प्रकाशित गरेको रिपोर्ट अनुसार जुन २०२२ को अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियामा जनावरका कारण २३ हजार ३८० व्यक्ति घाइते भएका र अस्पताल भर्ना हुनु परेको थियो ।

अस्पतालमा भर्ना हुनेमध्ये ५३ प्रतिशत बिरालो र कुकुर, २२ प्रतिशत गाईवस्तु, २१ प्रतिशत वन्यजन्तु र विषालु जनावर तथा २.२ प्रतिशत समुद्री जनावरको आक्रमणको कारण घाइते भएको रिपोर्टमा जनाइएको छ ।

सन् २०२१/२२ मा अष्ट्रेलियामा घाइते भई अस्पताल पुगेका विरामीमध्ये ९०.५ प्रतिशत जनावरको आक्रमण वा सम्पर्कको कारणले घाइते भएका थिए । योे सन् २०१२/१३ को भन्दा ६६.५ प्रतिशत बढी हो ।

अस्पताल भर्ना भएका ५७ प्रतिशत बिरामीहरूमा खुल्ला घाउ तथा सामान्य प्रकारको चोट थियो भने १५ प्रतिशतमा भाँचिीएको र १० प्रतिशतमा विषाक्त प्रभावहरू थिए ।

वन्यजन्तु र विषालु जनावरहरूमा सरीसृपको टोकाइका कारण सबैभन्दा बढी अस्पतालमा भर्ना हुनुपरेको थियो भने त्यसपछि अन्य कीराको टोकाइ वा सम्पर्कका कारण अस्पताल सेवा लिनुपरेको थियो ।

अष्ट्रेलिया विश्वको सबैभन्दा विषालु जनावरहरूको घर हो, तर अस्ट्रेलियालीहरू विषालु जनावरहरूको तुलनामा गैर–विषालु संलग्न चोटका कारण अस्पतालमा भर्ना हुने सम्भावना ६.६ गुणा बढी रहेको एआईएचडब्ल्यूकी प्रवक्ता सारा अहमदले बताउनुभयो ।

महिलाहरू पुरुषहरू भन्दा १.२ गुणा बढी सामान्य पाल्तु जनावर सम्बन्धित चोटका कारण अस्पतालमा भर्ना हुने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ ।