२७ श्रावण २०८३, बुधबार
,
Latest
संसदीय अभ्यासलाई मर्यादित बनाउनुपर्नेछः सचेतक राई सवारी चाप व्यवस्थापनमा पूर्वाधारदेखि प्रविधिसम्म जोड दिन सरोकारवालाको माग रास्वपा वैकल्पिक होइन, निर्विकल्प शक्ति बन्नुपर्छः सभापति लामिछाने सवारी आयातमा व्यवसायी ‘खरायो’, पूर्वाधार निर्माणमा सरकार ‘कछुवा’ भयो : व्यवसायी थापा दशैं–तिहारका लागि इन्धन पर्याप्त हुन्छ, एलपीजी आपूर्तिमा दबाब भएपनि संकट आउँदैनः आयल निगम सीमा सम्बन्धी विषयमा व्यावसायिक कम्पनीभन्दा राज्यको नीति प्रतिष्ठान जवाफदेही हुनुपर्छः मनिष झा युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता ‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्नुपर्‍यो’ नेप्से परिसूचक झिनो अङ्कले बढ्यो यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छाै : निधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश सोचेको जस्तो सहज स्थिति छैन: नेता सिटौला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले देश सोचेको जस्तो सहज स्थितिमा नरहेको बताउनुभएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश सामान्य हिसावले सोचेको जस्तो नरहेको बताउनु भयो । उहाँले संसदीय दलका रुस युक्रेन युद्धमा फसेका नेपालीहरुलाई स्वदेश फर्काउने कुरामा सबै राजनीतिक दलहरु सत्तालाई छोडेर एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । नेता सिटौलाले सत्ता आफ्नो ठाउँमा छोडेर देशको हीतका लागि काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सधैँ आफूले भनेको नै हुन्छ भन्ने घमण्ड राख्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले प्रधानमन्त्री विश्वासको मत लिँदै हुनुहुन्छ, हामी अध्यक्षज्युलाई बधाई दिँदै छौँ । बडो संयोग जुटेको छ । एउटै पार्टीको एउटा नेता विश्वासको मत लिँदै हुनुहुन्छ र अर्को यता बधाई थाप्दै हुनुहुन्छ । एउटा संयोग परेको छ । म के आग्रह गर्न चाहन्छु भने तपाईलाई पनि र प्रधानमन्त्रीज्युलाई पनि देश तपाईं हामीले सोचे जस्तो सजिलो ठाउँमा छैन । हामीले सोचेको जस्तो सजिलो तरिकाले हाम्रा विचारमा सधैँ लागू हुन्छन् भनेर अहंकार कसैले नगरे हुन्छ । मैले भनेपछि त्यही कुरा लागू हुन्छ भन्नेकुरा नसोचे हुन्छ । समय त्यति सजिलो छैन ।’

उहाँले श्रमीकका समस्या समग्र रुपमा समधान गर्नुपर्ने बताउनु भयो । उहाँले देशमा बेरोजगारीको अवस्था विकराल हुँदै गएको बताउनु भयो ।