• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo

राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन चैत्र ४ गते हुने



काठमाडौँ । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन चैत्र ४ गते हुने भएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचनका लागि मिति २०८० चैत्र ४ गते आईतवारको दिन तोकेको जानकारी गराउनु भयो । उहाँले समिति सभापतिहरुको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन पनि दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मान्य सदस्यहरु राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचनका लागि मिति २०८० चैत्र ४ गते आईतवारको दिन तोकेको छु । समिति सभापतिहरुको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन गर्दछु ।’

राष्ट्रिय सभाको अर्को बैठक चैत्र २ गते शुक्रवार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।