२७ श्रावण २०८३, बुधबार
,
Latest
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छाै : निधि एनसेल सेयर खरिद–बिक्री अध्ययन प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ) ‘काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीको ट्राफिक व्यवस्थापन हातको ईशारा र सिठ्ठीका भरमा भएको छ’ ५ वर्षभित्र यातायात क्षेत्र पूर्ण प्रविधिमैत्री बनाउने सरकारको तयारी छ : सभापति गजुरेल सार्वजनिक खरिद प्रक्रिया तथ्यमा आधारित हुनुपर्छ, हचुवाका भरमा निर्णय नगरौँः वर्षमान पुन देउवालाई ‘मोहरा’ बनाएर काँग्रेस कमजोर पार्ने खेल भइरहेको छः महामन्त्री घिमिरे सरकारी कार्यालयमा पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन सरकारको निर्देशन कार्यकाल बाँकी छँदै दुई सचिवले छाडे पद ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई १०० रुपैयाँमै खाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय आठ दशमलव ७२ अङ्कमा कायम भएको छ ।

आज तीन सय १० कम्पनीका एक करोड आठ लाख ८९ हजार छ सय ३४ कित्ता शेयर ७३ हजार पाँच सय छ पटक खरिद बिक्री हुँदा रु चार अर्ब २४ करोड ८५ लाख २३ हजार तीन सय ३२ बराबरको कारोबार भएको छ । विकास बैंक समूह शून्य दशमलव ३५, वित्त समूह दुई दशमलव ३२, जीवन बीमा शून्य दशमलव ०९, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ४० र अन्य समूह शून्य दशमलव ४६ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव १०, होटल तथा पर्यटन एक दशमलव १४, जलविद्युत् एक दशमलव ०९, लगानी शून्य दशमलव ०७, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य दशमलव १४, निर्जीवन बीमा शून्य दशमलव ५५ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले घटेका छन् ।

सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ५८ प्रतिशतले बढेको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै रु २५ करोड ५३ लाख ८३ हजार छ सय ६२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याको आधारमा भने सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आठ लाख ४६ हजार एक सय ४६ कित्ता शेयर किनबेच भएको छ ।