९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

मुस्ताङ्गी स्वादिलो स्याउ पर्वतको शीत भण्डारमा

मुस्ताङ्गी स्वादिलो स्याउ पर्वतको शीत भण्डारमा
file photo
अ अ+ अ-

पर्वत । यहाँको एक शीत भण्डार (कोल्ड स्टोर)मा हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादित स्याउ अहिलेसम्म पनि भण्डारण गरिएको छ ।

कुश्मा नगरपालिका–९ कटुवाचौपारीका रामबहादुर पौडेल क्षेत्रीले सञ्चालन गरेको माछापुच्छ«े कागती फार्मको शीत भण्डारमा मुस्ताङ्गी स्वादिलो स्याउ भण्डारण गरिएको हो । बेमौसममा बजारमा बिक्रीका लागि पठाउने उद्देश्यले गत असोजमा मुस्ताङबाट स्याउ खरिद गरेर ल्याइएको थियो ।

पाँच महिनासम्म शीत भण्डारमा राखिएको भए पनि स्याउ ताजै अवस्थामा रहेका छन् । भण्डारण गरिएका स्याउ बजारमा पठाउने तयारी भइरहेको छ । क्षेत्रीका अनुसार लागतअनुसार मुस्ताङको स्याउको मूल्य अहिले रु चार सयभन्दा बढी प्रतिकिलो पर्न जान्छ । व्यवसायीले भने उक्त मूल्यमा खरिद गर्न आनाकानी गर्ने गरेको क्षेत्रीले बताउनुभयो ।

उहाँले रु एक सय ८० प्रतिकिलो खरिद गरेर ल्याउनुभएको थियो । उहाँको शीत भण्डारमा अहिले एक हजार पाँच सय किलो स्याउ भण्डारण भएको क्षेत्रीले बताउनुभयो । बेमौसममा बजारमा पठाउँदा उच्च प्रतिफल पनि पाइने र मुस्ताङको स्याउका लागि बजार अभाव पनि नहुने सोचेर भण्डारण गरेको भए पनि अहिले बजार नपाएको उहाँको गुनासो छ ।

आयातित स्याउभन्दा महङ्गो मूल्य पर्ने भएकाले फलफूल व्यवसायीले आफ्नो स्याउ खरिद गरेर बिक्री गर्न आनाकानी गर्ने गरेको क्षेत्रीको गुनासो रहेको छ । उपभोक्ताले पनि गुणस्तरीय फलफूलभन्दा सस्तो र आयातित नै रोज्ने गरेका कारण स्याउ बिक्री गर्न समस्या भएको क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाम कुस्मा र पोखराका व्यवसायीसँग स्याउ बिक्रीका लागि सम्पर्क गरेको भए पनि उनीहरुले आनाकानी गर्ने गरेका छन् ।”

व्यावसायिक कागतीखेती गर्दै आउनुभएका क्षेत्रीले गत वर्ष गण्डकी प्रदेश सरकारको अनुदानमा शीत भण्डारण निर्माण गर्नुभएको थियो । कागतीको मौसम नभएका बेला स्याउ खरिद गरेर भण्डारण गरे पनि अहिले बिक्री गर्न समस्या भएको उहाँको गुनासो छ ।

उहाँले विगत १० वर्षदेखि २० रोपनी क्षेत्रफलमा व्यावसायिक कागतीखेती गर्दै आउनुभएको छ । उहाँको बगानमा अहिले झन्डै एक हजार कागतीका बिरुवा रहेका छन् । कागती उत्पादनमा अब्बल कृषक बनेको भन्दै प्रदेश सरकारले ६० प्रतिशत अनुदानमा उहाँलाई शीत भण्डार उपलब्ध गराएको थियो । उहाँको फार्म कागतीको बेर्ना उत्पादनको स्रोत केन्द्रका रुपमा समेत कृषि ज्ञान केन्द्रले मान्यता दिएको छ । यस वर्ष १४ हजार बेर्ना उत्पादन भइरहेको क्षेत्रीले बताउनुभयो ।

क्षेत्रीले कागतीसँगै जिल्लामै पहिलोपटक व्यावसायिक कुरिलोखेतीसमेत गर्दै आउनुभएको छ । कागती, कागतीका बेर्ना, कुरिलो र माहुरीपालन समेत गर्दै आउनुभएका क्षेत्रीले वार्षिक खर्च कटाएर रु १० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

लामो समयसम्म राजधानीमा व्यापार व्यवसाय गर्दै आउनुभएका क्षेत्रीले गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्ने र बेरोजगार युवायुवतीलाई स्वरोजगार सृजना होस् भन्ने उद्देश्यले गाउँ फर्किएर कागतीखेती सुरु गरेको उहाँको भनाइ छ । रासस