२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङ्गी स्वादिलो स्याउ पर्वतको शीत भण्डारमा



file photo
अ+ अ-

पर्वत । यहाँको एक शीत भण्डार (कोल्ड स्टोर)मा हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादित स्याउ अहिलेसम्म पनि भण्डारण गरिएको छ ।

कुश्मा नगरपालिका–९ कटुवाचौपारीका रामबहादुर पौडेल क्षेत्रीले सञ्चालन गरेको माछापुच्छ«े कागती फार्मको शीत भण्डारमा मुस्ताङ्गी स्वादिलो स्याउ भण्डारण गरिएको हो । बेमौसममा बजारमा बिक्रीका लागि पठाउने उद्देश्यले गत असोजमा मुस्ताङबाट स्याउ खरिद गरेर ल्याइएको थियो ।

पाँच महिनासम्म शीत भण्डारमा राखिएको भए पनि स्याउ ताजै अवस्थामा रहेका छन् । भण्डारण गरिएका स्याउ बजारमा पठाउने तयारी भइरहेको छ । क्षेत्रीका अनुसार लागतअनुसार मुस्ताङको स्याउको मूल्य अहिले रु चार सयभन्दा बढी प्रतिकिलो पर्न जान्छ । व्यवसायीले भने उक्त मूल्यमा खरिद गर्न आनाकानी गर्ने गरेको क्षेत्रीले बताउनुभयो ।

उहाँले रु एक सय ८० प्रतिकिलो खरिद गरेर ल्याउनुभएको थियो । उहाँको शीत भण्डारमा अहिले एक हजार पाँच सय किलो स्याउ भण्डारण भएको क्षेत्रीले बताउनुभयो । बेमौसममा बजारमा पठाउँदा उच्च प्रतिफल पनि पाइने र मुस्ताङको स्याउका लागि बजार अभाव पनि नहुने सोचेर भण्डारण गरेको भए पनि अहिले बजार नपाएको उहाँको गुनासो छ ।

आयातित स्याउभन्दा महङ्गो मूल्य पर्ने भएकाले फलफूल व्यवसायीले आफ्नो स्याउ खरिद गरेर बिक्री गर्न आनाकानी गर्ने गरेको क्षेत्रीको गुनासो रहेको छ । उपभोक्ताले पनि गुणस्तरीय फलफूलभन्दा सस्तो र आयातित नै रोज्ने गरेका कारण स्याउ बिक्री गर्न समस्या भएको क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाम कुस्मा र पोखराका व्यवसायीसँग स्याउ बिक्रीका लागि सम्पर्क गरेको भए पनि उनीहरुले आनाकानी गर्ने गरेका छन् ।”

व्यावसायिक कागतीखेती गर्दै आउनुभएका क्षेत्रीले गत वर्ष गण्डकी प्रदेश सरकारको अनुदानमा शीत भण्डारण निर्माण गर्नुभएको थियो । कागतीको मौसम नभएका बेला स्याउ खरिद गरेर भण्डारण गरे पनि अहिले बिक्री गर्न समस्या भएको उहाँको गुनासो छ ।

उहाँले विगत १० वर्षदेखि २० रोपनी क्षेत्रफलमा व्यावसायिक कागतीखेती गर्दै आउनुभएको छ । उहाँको बगानमा अहिले झन्डै एक हजार कागतीका बिरुवा रहेका छन् । कागती उत्पादनमा अब्बल कृषक बनेको भन्दै प्रदेश सरकारले ६० प्रतिशत अनुदानमा उहाँलाई शीत भण्डार उपलब्ध गराएको थियो । उहाँको फार्म कागतीको बेर्ना उत्पादनको स्रोत केन्द्रका रुपमा समेत कृषि ज्ञान केन्द्रले मान्यता दिएको छ । यस वर्ष १४ हजार बेर्ना उत्पादन भइरहेको क्षेत्रीले बताउनुभयो ।

क्षेत्रीले कागतीसँगै जिल्लामै पहिलोपटक व्यावसायिक कुरिलोखेतीसमेत गर्दै आउनुभएको छ । कागती, कागतीका बेर्ना, कुरिलो र माहुरीपालन समेत गर्दै आउनुभएका क्षेत्रीले वार्षिक खर्च कटाएर रु १० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

लामो समयसम्म राजधानीमा व्यापार व्यवसाय गर्दै आउनुभएका क्षेत्रीले गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्ने र बेरोजगार युवायुवतीलाई स्वरोजगार सृजना होस् भन्ने उद्देश्यले गाउँ फर्किएर कागतीखेती सुरु गरेको उहाँको भनाइ छ । रासस