२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई काँग्रेस महामन्त्री शर्माको प्रश्न: धोका खाएकाहरु एक भए तपाईको हालत के होला ?



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस र एमाले मिले के हालत होला ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको विपक्षमा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र काँग्रेसलाई पालैपालो धोका दिएकाले उनीहरु मिलेर अघि बढे भने प्रधानमन्त्री दाहालको अवस्था के हुन्छ भन्ने कुरा सबैले बुझेको विषय भएको समेत बताउनु भयो । उहाँले एमाले अध्यक्ष केपी ओली र पार्टी सभापति शेरबहादुर देउवाबीचको सहयात्रा शुरु हुनसक्ने सम्भावना औंल्याउँदै त्यसको हेक्का राख्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराउनु भयो । महामन्त्री शर्माले प्रधानमन्त्रीबाट धोका पाएकाहरुबीच एक होऔं भन्ने नारा लाग्न सक्ने दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पोहोर एमाले विपक्षमा रह्यो । अहिले काँग्रेस विपक्षमा रहेको । पक्षको मात्रै जोडदैगर्दा पालैपालो विपक्षमा रहेका हिसास जोड्दै गर्दा क्लियर हुँदैन र हिसाव ? पालैपालो विपक्षमा उभिएकाहरु एउटै पक्षमा उभिए भने नि । धोका खाएकाहरु एक हौं भनेर नारा लाग्यो भने नि । तव राजनेताको गद्दीको हालत के होला ? सम्माननीय प्रधानमन्त्रीज्यु । यहाँले अघि काँग्रेसको कसैले राजनेता भनेको उद्धृत गर्न खोज्नुभएको छ । कुरा नचल्ने भन्नुभयो पूर्वप्रधानमन्त्रीजीले । तलबाट हाम्रा सभापतिले इशारा गरेर कुरा चल्ने हो भन्नुभयो । कुरा नचल्नेहरुको कुरा चल्न शुरु भयो भने यहाँको यात्रा चाहीँ कतातिर चल्छ होला ? सम्माननीय प्रधानमन्त्रीज्यु । ’

महामन्त्री शर्माले आफूमाथिको विश्वासको मत घट्दै गएको ख्याल गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनु भयो ।