• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   ‘म ग्यारेन्टी दिन्छु सलमानले कहिल्यै बिहे गर्दैनन्’ ★   गगन थापाले स्वीकारे गृहमन्त्री रवि लामिछानेको चुनौति, प्रमाण पुर्याउन नसके राजनीति छोड्ने ★   भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै ★   धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र ★   गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ ★   धोनीका फ्यान मैदानमा प्रवेश गरे, उनको खुट्टा ढोगेर अंगालो मारे ★   शनिबारको दिन राहु र केतुको यो अद्भुत पाठ जप गर्नुहोस् ★   चतराधाममा पूर्ण महाकुम्भ समापन : चालिस लाख भक्तद्वारा स्नान, दर्शन ★   अनि भ्रष्टाचारी ठहर भएका सांसदले संसदभित्रै सुशासनको नारा लगाउन थाले… ★   आयरल्याण्डले पाकिस्तानलाई पाँच विकेटले हरायो

प्रधानमन्त्री हुनकै लागि नयाँ सत्तासमिकरण बनाएको होइन: ओली



काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, आफू र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री पद १५/१५ महिनाका लागि बाँडफाँड गरेको समाचार आएकोमा आपत्ति जनाउँदै आफूलाई प्रधानमन्त्री बन्ने इच्छा नरहेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पद बाँड्ने भन्ने समाचारले आफूहरुले बनाएको सत्ता समिकरणको गरिमालाई घटाएको जिकिर समेत गर्नुभयो । अब त केही गरांै राष्ट्र र जनताका लागि भनेर आफूहरुले नयाँ सत्ता समिकरण बनाएकाले प्रधानमन्त्री दाहालको पनि प्रधानमन्त्री पद बाँडफाँडको इच्छा नभएको ओलीलेल जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज प्रधानमन्त्रीको कार्यकाल १५/१५ महिना बाँडेको कुरा बजारभरी देख्छु । यसले यो सरकार किन परिवर्तन भएको हो ? यसमा नेताहरु सहकार्य किन गरेको हो भन्ने कुराको गरिमालाई घटाएको छ यस्ता खवरहरुको अनुचित सम्प्रेषण । यो गलत कुरा हो । न १३/१३ महिनाको सकैले सम्झौता गरेको छ न यो भागबण्डाको कुरा हो । प्रधानमन्त्री हुनकै लागि हामीले यस्तो गरेको होइन । मलाई यो प्रधानमन्त्रीको इच्छा पनि छैन । मेरो पनि नाम त्यहाँ जोडिएको छ क्यारे । यो प्रधानमन्त्रीको इच्छाको इच्छा पनि होइन । यो देशमा केही गरौं, अवत कमसेकम केही गरौँन । प्रधानमन्त्री जोसुकै होस् । मैले नेपाली काँग्रेसलाई पनि भने–कुरा गरौ न । यो देशको समस्याको समाधान कसरी गरौं भनेर ।’

अध्यक्ष ओलीले मुलुकमा केही गरौ भनेर आफूले काँग्रेससँग पनि पटकपटक प्रस्ताव गरेको पनि स्मरण गराउनु भयो ।