२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई काँग्रेस चेतावनी: आगामी दिनमा संसद सहजै चल्छ भन्ने नसोचे हुन्छ



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसले आगामी दिनमा संसद सहजै रुपमा चल्छ भन्ने नसोच्न सरकारलाई चेतावनी दिएको छ ।

नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले तत्कालिन उपराराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय सुन तस्करीमा जोडिएको कुराको निराकरण नभएसम्म सदनको आगामी बैठक सहज रुपमा चल्छ भन्ने नसोच्न सरकार र सत्तारुढ गठबन्धनलाई सचेत गराउनुभएको हो ।

बुधवार प्रतिनिधि सभा बैठक शुरु हुने बित्तिकै बोल्दै उहाँले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएर विद्यमान कानूनमा नै उथलपुथल ल्याउने काम गरेको भन्दै यस सम्बन्धमा तत्काल जवाफ दिन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गर्नुभयो । सचेतक थिङ सहकारी ठगीको मुद्दा लागेकालाई गृहमन्त्री बनाएर प्रधानमन्त्री दाहालले उथलपुथल गरेपनि त्यसबारे संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगत केही दिनदेखि विवादित मन्त्रीहरुको बारेमा उठेका कुरा रेकडेट छ । र, जुन कुरामा रुलिङ भएको पनि सम्माननीयज्युलाई अवगत नै छ । अनि यो सम्मानित सदनमा सम्माननीय प्रधानमन्त्रीज्युले त्यस्तो विवादास्पद मन्त्रीलाई सम्बोधन गर्ने क्रममा के भन्नुभयो भने ती विवादित मन्त्रीको बारेमा सम्बोधन गर्‍यौं भनेर आउनुभयो । मलाई के लाग्यो भने उहाँले सम्बोधन कस्तो ठाउँमा गर्नुभयो ? उहाँकै शब्दमा म सम्झन चाहन्छु–उथलपुथल गरेर ल्याउनु भएछ । साँच्चीकै राम्रो कुरा ल्याउनुभएछ । उहाँले क्लिन चिट पाएको मन्त्रीहरु कसरी ल्याउनु भएछ भन्दाखेरी सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाको अनुसन्धानमा रहेका गृहमन्त्री बनाएर ल्याउनु भएछ । साँच्चीकै उहाँले उथलपुथल गरेर ल्याउनु भएछ । यो कुरामा म विशेष सम्माननीय ज्युलाई धन्यवाद दिन चाहन्छु ।

अर्को कुरा म के पनि जोडन चाहन्छु भने नेपाल प्रहरीले स्यालुट गर्दै आफ्नो मुद्दामा आफ्नो मुद्दामा आफैँलाई दोषी हो भन्ने गरी यो अनुसन्धान होला कि नहोला ? यसमा सम्माननीय प्रधानमन्त्रीज्यूले जवाफ दिने कि नदिने ? यो कुरा म फेरि पनि दोहोर्‍याउनु चाहन्छु । र अर्को कुरा म यसैमा के थप गर्न चाहन्छु भने प्रधानमन्त्रीज्यूले कसरी उथलपुथल गरेर ल्याउनुभएछ भने मुलुकी फौजदारी ऐनमा के भनिएको छ भन्दाखेरी स्वार्थ बाझिने मुद्दामा न्यायाधीशले फैसला गर्न मिल्दैन भनेर व्यवस्था गरिएको छ । उहाँले आफ्नो मुद्दामा आफैं न्यायाधीश हुनेगरी कानूनमै उथलपुथल हुने गरी गृहमन्त्री बनाएर ल्याउनु भएछ । त्यसकारण यसको जवाफ कसले दिने हो, म सम्मानित सदनमा प्रश्न गर्न चाहन्छु । त्यसै गरी अर्को प्रश्न पनि म के जोडन चाहन्छु भने तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करीमा जोडिएको कुरा आएको छ । यो विषयहरुमा निराकरण नभएसम्म अवको सदनहरु त्यति सहजै चल्छन भन्ने अनुमान नगरिदिन हुन पनि विम्ति गर्दछु ।’

सचेतक थिङले संसदमा सरकारमाथि प्रश्न उठेकाले त्यसका जवाफ पनि सरकारबाट तत्काल आउनुपर्ने दबाब समेत दिनुभयो ।