१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सरकारलाई काँग्रेस चेतावनी: आगामी दिनमा संसद सहजै चल्छ भन्ने नसोचे हुन्छ

सरकारलाई काँग्रेस चेतावनी: आगामी दिनमा संसद सहजै चल्छ भन्ने नसोचे हुन्छ
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसले आगामी दिनमा संसद सहजै रुपमा चल्छ भन्ने नसोच्न सरकारलाई चेतावनी दिएको छ ।

नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले तत्कालिन उपराराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय सुन तस्करीमा जोडिएको कुराको निराकरण नभएसम्म सदनको आगामी बैठक सहज रुपमा चल्छ भन्ने नसोच्न सरकार र सत्तारुढ गठबन्धनलाई सचेत गराउनुभएको हो ।

बुधवार प्रतिनिधि सभा बैठक शुरु हुने बित्तिकै बोल्दै उहाँले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएर विद्यमान कानूनमा नै उथलपुथल ल्याउने काम गरेको भन्दै यस सम्बन्धमा तत्काल जवाफ दिन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गर्नुभयो । सचेतक थिङ सहकारी ठगीको मुद्दा लागेकालाई गृहमन्त्री बनाएर प्रधानमन्त्री दाहालले उथलपुथल गरेपनि त्यसबारे संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगत केही दिनदेखि विवादित मन्त्रीहरुको बारेमा उठेका कुरा रेकडेट छ । र, जुन कुरामा रुलिङ भएको पनि सम्माननीयज्युलाई अवगत नै छ । अनि यो सम्मानित सदनमा सम्माननीय प्रधानमन्त्रीज्युले त्यस्तो विवादास्पद मन्त्रीलाई सम्बोधन गर्ने क्रममा के भन्नुभयो भने ती विवादित मन्त्रीको बारेमा सम्बोधन गर्‍यौं भनेर आउनुभयो । मलाई के लाग्यो भने उहाँले सम्बोधन कस्तो ठाउँमा गर्नुभयो ? उहाँकै शब्दमा म सम्झन चाहन्छु–उथलपुथल गरेर ल्याउनु भएछ । साँच्चीकै राम्रो कुरा ल्याउनुभएछ । उहाँले क्लिन चिट पाएको मन्त्रीहरु कसरी ल्याउनु भएछ भन्दाखेरी सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाको अनुसन्धानमा रहेका गृहमन्त्री बनाएर ल्याउनु भएछ । साँच्चीकै उहाँले उथलपुथल गरेर ल्याउनु भएछ । यो कुरामा म विशेष सम्माननीय ज्युलाई धन्यवाद दिन चाहन्छु ।

अर्को कुरा म के पनि जोडन चाहन्छु भने नेपाल प्रहरीले स्यालुट गर्दै आफ्नो मुद्दामा आफ्नो मुद्दामा आफैँलाई दोषी हो भन्ने गरी यो अनुसन्धान होला कि नहोला ? यसमा सम्माननीय प्रधानमन्त्रीज्यूले जवाफ दिने कि नदिने ? यो कुरा म फेरि पनि दोहोर्‍याउनु चाहन्छु । र अर्को कुरा म यसैमा के थप गर्न चाहन्छु भने प्रधानमन्त्रीज्यूले कसरी उथलपुथल गरेर ल्याउनुभएछ भने मुलुकी फौजदारी ऐनमा के भनिएको छ भन्दाखेरी स्वार्थ बाझिने मुद्दामा न्यायाधीशले फैसला गर्न मिल्दैन भनेर व्यवस्था गरिएको छ । उहाँले आफ्नो मुद्दामा आफैं न्यायाधीश हुनेगरी कानूनमै उथलपुथल हुने गरी गृहमन्त्री बनाएर ल्याउनु भएछ । त्यसकारण यसको जवाफ कसले दिने हो, म सम्मानित सदनमा प्रश्न गर्न चाहन्छु । त्यसै गरी अर्को प्रश्न पनि म के जोडन चाहन्छु भने तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करीमा जोडिएको कुरा आएको छ । यो विषयहरुमा निराकरण नभएसम्म अवको सदनहरु त्यति सहजै चल्छन भन्ने अनुमान नगरिदिन हुन पनि विम्ति गर्दछु ।’

सचेतक थिङले संसदमा सरकारमाथि प्रश्न उठेकाले त्यसका जवाफ पनि सरकारबाट तत्काल आउनुपर्ने दबाब समेत दिनुभयो ।