• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

उपप्रधानमन्त्री श्रेष्ठसँग रुसी महासङ्घका राजदूत नोभिकोभको भेट



काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गर्न, मृत्यु भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन र मृत्यु भएकाका परिवारलाई आवश्यक क्षतिपूर्तिका लागि आग्रह गर्नुभएको थियो ।

भेटमा राजदूत नोभिकोभले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको मन्त्रालयले जनाएको छ । रासस