२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ । करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक सयको बिन्दु नाघेको छ ।

विभिन्न तीन सय पाँच कम्पनीका एक करोड छ लाख नौ हजार पाँच सय ९७ कित्ता शेयर ८२ हजार सात सय ४६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ५५ करोड १६ लाख ३२ हजार तीन सय ४७ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह पाँच दशमलव ४४, लघुवित्त समूह पाँच दशमलव ०५ र होटल तथा पर्यटन समूह तीन दशमलव ९३ प्रतिशतले बढेको छ । बैंकिङ तीन दशमलव १०, विकास बैंक दुई दशमलव १७, वित्त समूह दुई दशमलव २९, जलविद्युत् शून्य दशमलव ९९, लगानी समूह एक दशमलव ८७ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ३४ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड एक दशमलव ५५, निर्जीवन बीमा तीन दशमलव १५, व्यापार एक दशमलव ६९ र अन्य समूह एक दशमलव ६४ प्रतिशतले बढेको छ ।

साथै पाँचवटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । हिमालयन ८०–२० को शेयर मूल्य सबैभन्दा धेरै दुई दशमलव ५७ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु ३७ करोड १९ लाख ३३ हजार सात सय ८६ बराबरको छ लाख ७३ हजार सात सय छ कित्ता किनबेच भएको छ ।




भर्खरै