२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ । करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक सयको बिन्दु नाघेको छ ।

विभिन्न तीन सय पाँच कम्पनीका एक करोड छ लाख नौ हजार पाँच सय ९७ कित्ता शेयर ८२ हजार सात सय ४६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ५५ करोड १६ लाख ३२ हजार तीन सय ४७ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह पाँच दशमलव ४४, लघुवित्त समूह पाँच दशमलव ०५ र होटल तथा पर्यटन समूह तीन दशमलव ९३ प्रतिशतले बढेको छ । बैंकिङ तीन दशमलव १०, विकास बैंक दुई दशमलव १७, वित्त समूह दुई दशमलव २९, जलविद्युत् शून्य दशमलव ९९, लगानी समूह एक दशमलव ८७ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ३४ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड एक दशमलव ५५, निर्जीवन बीमा तीन दशमलव १५, व्यापार एक दशमलव ६९ र अन्य समूह एक दशमलव ६४ प्रतिशतले बढेको छ ।

साथै पाँचवटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । हिमालयन ८०–२० को शेयर मूल्य सबैभन्दा धेरै दुई दशमलव ५७ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु ३७ करोड १९ लाख ३३ हजार सात सय ८६ बराबरको छ लाख ७३ हजार सात सय छ कित्ता किनबेच भएको छ ।