२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको प्रधानमन्त्रीको अभिव्यक्ति गलत: काँग्रेस



file photo
अ+ अ-

काठमाडौँ । सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको बताएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता एवं नि:वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री दाहालको सो भनाई आफ्नो पार्टीलाई दोषारोपन गर्ने गरी आएको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन आफूहरुले तयार पारेको मार्ग चित्रले मुलुकलाई अर्थतन्त्रलाई झनै गति दिने खालको रहेको पनि बताउनु भयो । प्रवक्ता महतले आफ्नो पार्टीले अघि बढाएको मुलुकको अर्थतन्त्रको मार्ग चित्र वर्तमान सरकारले छोडे मुलुकको अर्थतन्त्र फेरि अपm्ठयारोमा पर्ने निश्चित रहेको जिकिर पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको कारणले औसत भन्दा ज्यादा उपलब्धि भएन भनेर दोषारोपण गर्नु यो भन्दा गलत कुरा, झुटो कुरा, भ्रम छर्ने कुरा हुनै सक्दैन । म यो कुरा ठोकुवाका साथ भन्छु । हामो उपस्थितिले अहिलेको परिस्थितिमा गुणात्मक परिवर्तन आएको हो । र हामीले जुन अर्थतन्त्रलाई अघि बढाउने मार्ग चित्र तयार गरेका छौं । र आउने बजेटमा अझ यसलाई परिरिस्कृत बनाएर जाने सुधारको प्रयास छ । र त्यसलाई अझ गति दिने हाम्रो कार्ययोजना थियो । यदि त्यो बाटो छोडेर फेरि यो गैर प्राथमिकताको क्षेत्रमा जथाभावी हाम्रो स्रोत र साधनलाई खर्च गर्ने हो भने फेरि हामी अपm्ठयारोमा पर्ने निश्चित छ । ’

प्रवक्ता महतले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँगको गठबन्धन भत्काएर जनताले निर्वाचनमा दिएको आदेशलाई समेत लत्याएको आरोप लगाउनु भयो ।