१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहस्राब्दी पदमार्गमा सिँढी बाटो निर्माण



अ+ अ-

गण्डकी । तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग ९मिलेनियम ट्र्याक० अन्तर्गत पुतलीबजार नगरपालिका–१२ गैरीस्वारादेखि केघा देउराली जाने तथा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ बाबियाडाँडा ठाँटीमा सिँढी बाटो निर्माण गरिएको छ ।

गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षमा विनियोजित रु २० लाख रकममध्ये गैरीस्वारादेखि केघा देउरालीको दुई सय ६५ मिटर बाटोका लागि रु १० लाख र बाबियाडाँडा ठाँटीको दुई सय ८५ मिटर बाटोका लागि रु १० लाख छुट्याएर काम गरिएको मिलेनियम ट्रयाक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुुभयो । गैरीस्वारादेखि केघा देउरालीको सिँढी बाटो सोमबार गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री सीता सुन्दासले उद्घाटन गर्नुभएको थियो ।

सन् २००० देखि सञ्चालनमा आएको नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको यस पदमार्गलाई व्यवस्थित गर्ने लक्ष्यका साथ पदमार्ग क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँले बताउनुुभयो ।

दुलेगौडादेखि रामबाछासम्म कूल ७२ किलोमिटर दूरीको यस पदमार्गलाई पछिल्लो नक्साङ्कनअनुसार पोखरा महानगरपापिलकासँग पनि जोडिसकिएको छ । कोभिडलगायतका कारण बीचको समय सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा पछिल्ला समयमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको उहाँले बताउनुुभयो । रासस