• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

टी–२० आईमा कुशल भुर्तेलको १००० रन पूरा



काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा १००० रन पूरा गरेका छन् ।

आज भएको पीएनजीविरुद्धको खेलमा ५९ रन जोडेका उनले यो उपलब्धी हासिल गरेका हुन् । ३६ खेलमा १ शतक र ८ अर्ध शतकसहित १०१ चौका र ४४ छक्का हान्दै १००८ रन बनाएका छन् ।

उनी नेपालबाट टी–२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर हुन् । ५८ खेलमा १ शतक र ८ अर्ध शतकसहित १४७६ रन बनाएका दीपेन्द्रसिंह ऐरी शीर्षस्थानमा छन् ।