१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता: प्रधानमन्त्री

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता: प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ ।

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताउनुभयो ।

प्रधानमन्त्रीले युवा सशक्तीकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सृजनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत रहेको बताउनुभयो । “नेपालको प्रत्येक राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणमा युवाको महत्वपूर्ण योगदान रहँदै आएको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “साहस, सृजनशीलता, सिक्ने क्षमता तथा आत्मविश्वास उच्च रहने युवा वर्गलाई राष्ट्र निर्माणको प्रमुख स्रोत र पहरेदार मानिन्छ ।”

प्रधानमन्त्रीको निजी सचिवालयअनुसार युवाको नेतृत्व विकास, नैतिक आचरण र अनुशासनमा निखार ल्याउँदै सबल, सभ्य र सचेत नागरिक बनाउन राष्ट्रिय सेवा दल तालिम उपयोगीसिद्ध हुने गरेको आफूले पाएको प्रधानमन्त्रीले बताउनुभयो ।

प्रधानन्त्रीले विविध परम्परा, संस्कृति र संस्कारको प्रतिनिधित्व गर्दै नेपालका विभिन्न स्थानबाट आई तालिममा सहभागी भएका युवालाई एउटै छानामुनि बसेर सैनिक कला तथा समसामयिक विषयमा ज्ञान आर्जन गर्नाका साथै एकअर्काको परम्परा, मूल्य, मान्यता, संस्कृति र संस्कार बुझ्ने मौका प्राप्त भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “तालिमबाट प्राप्त ज्ञानले तपाईंहरूमा राष्ट्रिय एकताको भावनासमेत अभिवृद्धि गरेको छ भन्ने विश्वास लिएको छु ।”

तालिमले युवालाई अनुशासित, मर्यादित र मुलुकप्रति समर्पित नागरिक बनाउनाका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

“दीक्षित युवाले राष्ट्रलाई आवश्यक परेको समयमा नि:स्वार्थ सेवाभावबाट समर्पित भई एक कर्मठ नेपाली नागरिकका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ,” प्रधानमन्त्रीले भन्नुभयो, “तालिमका क्रममा तपाईंहरूले हासिल गरेका ज्ञानले उक्त कार्यका लागि अभिप्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।”

युवाको व्यक्तित्व विकास गर्ने उद्देश्यले २०२२ सालदेखि ‘अनुशासन राष्ट्र सेवाको मूल जग हो’ भन्ने मान्यतामा आधारित रहेर राष्ट्रिय सेवा दलको तालिम थालिएको थियो । समारोहमा क्याडेट छात्रछात्राले विभिन्न कला तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा प्रधानमन्त्री एवं राष्ट्रिय सेवा दलका संरक्षक दाहालले क्याडेट छात्रछात्रालाई दज्र्यानी चिह्न तथा पुरस्कार र प्रशंसापत्र वितरण गर्नुभएको थियो । समारोहमा राष्ट्रिय सेवा दलका सहसंरक्षक एवं रक्षामन्त्री, प्रधानसेनापतिलगायत उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।