१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनमा उम्मेदवार उठाउने जनमतको निर्णय



फाईल फोटो
अ+ अ-

काठमाडौं । जनमत पार्टीले वैशाख १५ गते हुनलागेको उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालय बैठकले इलाम-२ मा हुने प्रतिनिधिसभा र बझाङ (१) मा हुने प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको पार्टीका राष्ट्रिय प्रवक्ता शरद सिंहले जानकारी दिए ।

यस्तै, बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई समर्थन पनि नगर्ने निर्णय गरेको छ ।