• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

पूर्वराजा ज्ञानेन्द्र कोटीहोममा सरिक



काभ्रेपलाञ्चोक । पूर्वराजा ज्ञानेन्द्र शाहले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वल्थलीस्थित धार्मिकस्थल लड्केश्वरमा आयोजित कोटीहोममा आज पूजा–अर्चना गर्नुभएको छ ।

पूर्वरानी कोमलका साथ दिउँसो उक्त तीर्थस्थल लड्केश्वर पुग्नुभएका शाहले कोटीहोमको फूलप्रसाद ग्रहण गर्नुभयो  ।

ओमकार फाउन्डेसनले कोटीहोम आयोजना गरेको हो । विश्वकै अग्लो एक सय आठ फिटको त्रिशूल निर्माण भएको उक्त क्षेत्रमा यही फागुन २ गतेदेखि आउँदो चैत २ गतेसम्म कोटीहोम आयोजना गरिएको हो ।