काभ्रेपलाञ्चोक । पूर्वराजा ज्ञानेन्द्र शाहले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वल्थलीस्थित धार्मिकस्थल लड्केश्वरमा आयोजित कोटीहोममा आज पूजा–अर्चना गर्नुभएको छ ।
पूर्वरानी कोमलका साथ दिउँसो उक्त तीर्थस्थल लड्केश्वर पुग्नुभएका शाहले कोटीहोमको फूलप्रसाद ग्रहण गर्नुभयो ।
ओमकार फाउन्डेसनले कोटीहोम आयोजना गरेको हो । विश्वकै अग्लो एक सय आठ फिटको त्रिशूल निर्माण भएको उक्त क्षेत्रमा यही फागुन २ गतेदेखि आउँदो चैत २ गतेसम्म कोटीहोम आयोजना गरिएको हो ।