• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण ★   दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो ★   विश्वकप छनोट: नेपाल र युएई भिड्दै ★   मधेश प्रदेशको मुख्यमन्त्रीमना सतिश सिंहलाई उम्मेदवार बनाउने जनमतको निर्णय ★   टी–२० विश्वकपः अष्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो ★   १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति दिन निजी विद्यालयलाई काठमाडौं महानगरपालिकाको निर्देशन ★   एमाले सुनसरीका अध्यक्ष निलमको निधन ★   सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार ★   गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति ★   मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै

‘मायावी’ जंगलको रहस्य, जहाँ मानिसहरु आत्महत्या गर्न जान्छन्



एजेन्सी । विश्वकै सबैभन्दा चर्चित आत्महत्या गर्ने ठाउँ (सुसाइड पोइन्ट) मध्ये एक जापानको ओकिगहरा नामको जंगल निकै रहस्यमय छ ।

३५ स्क्वायर किलोमिटरको ठूलो क्षेत्रमा फैलिएको यो जंगल जापानको राजधानी टोक्योबाट मात्रै २ घण्टाको दुरीमा अवस्थित छ ।

यो भयानक जंगलमा २०१३ देखि २०१५ सम्म १०० भन्दा बढी आत्महत्याको घटना घटेको थियो । सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिजपछि यो विश्वमै सबैभन्दा धेरै आत्महत्या गरिने ठाउँ बनेको छ । जसलाई ‘सुसाइड फरेस्ट’ पनि भन्ने गरिन्छ ।

यो रहस्यमयी जंगलमा मायावी शक्तिहरु रहेको र यहाँ भूत बस्ने गर्दछन् जसले मानिसलाई आत्महत्या गराउन बाध्य बनाउँछन् भन्ने जनविश्वास छ । यहाँ पुगेपछि कम्पास र मोबाइलले काम गर्न छाड्ने बताइन्छ ।

जसकारण यो ओकिगहरा जंगलमा एक पटक हराएपछि भेटिन मुश्किल पर्छ ।