• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’ ★   स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री ★   दुर्गा मन्दिर: परियारले बनाए, गैरदलितले सघाए ★   तीन फरक घटनामा ५ जना पक्राउ ★   पाहा मार्न गएका युवा खोलामा बेपत्ता ★   जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै ★   संसदमा अबरोध: कांग्रेसको अडान कायमै ,नीति तथा कार्यक्रम के होला ? ★   क्रिप्टो र सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा २४ वर्षीय युवा पक्राउ ★   योग र ध्यानमा जोड दिनु आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ ★   बागमती प्रदेशसभा बैठक बस्दै

फिल्म ‘जवान’बाट शाहरुखलाई उत्कृष्ट अभिनेताको अवार्ड



एजेन्सी । गए राति मुम्बईमा एक अवार्ड शो आयोजना गरिएको थियो । यहाँ धेरै बलिउड स्टारहरु देखिएका थिए । शाहरुख खान कालो फर्मलमा पुगेका थिए । उनले २४ वर्षपछि फेरि जि सिने अवार्डमा प्रदर्शन गरे ।

शाहरुख खानले स्टेजमा ‘मोहब्बतें’ को याद दिलाए । कलाकारले ‘झुमे तो पठान’, ‘चल्या’ जस्ता गीतमा पनि प्रस्तुति दिएका थिए । कार्यक्रममा दिग्गज कलाकार जितेन्द्र र शक्ति कपूर पनि आएका थिए । शक्ति कपूरलाई उनको मनपर्ने डान्स स्टेप गरेको देखियो ।

सन्नी देओल आफ्ना दुई छोरा लिएर आएका थिए । बबी देओलले ‘दुनिया हसिनो का मेला’ गीतमा डान्स गरेका थिए । कियारा आडवाणी, अनन्या पाण्डे, विद्या बालन, रानी मुखर्जी, सई मांजरेकर, मौनी रोय लगायतका अन्य सेलेब्स पनि देखिएका थिए ।

रणदीप हुड्डा, शाहिद कपूर, अनिल कपूर, कृति सेनन, फेशन डिजाइनर मनिष मल्होत्रा ​​पनि देखिएका थिए । खुराना ब्रदर्स अर्थात आयुष्मान खुराना र अपारशक्ति खुरानाले जी सिने अवार्ड शो होस्ट गरेका थिए ।

जी सिने अवार्ड २०२४ का विजेताः
उत्कृष्ट चलचित्र – जवान
उत्कृष्ट अभिनेता – शाहरुख खान
उत्कृष्ट अभिनेत्री – कियारा आडवाणी