२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी कार्यालयमा पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना हो, दोषीलाई कारबाही हुनुपर्छ: अध्यक्ष लिङ्देन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठ माथि आक्रमण हुनु अपराधिक घटना भएको बताउनुभएको छ ।

आईतवार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाहरुको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्षभित्र श्रेष्ठमाथि हातपात गरेका थिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना भएको बताउनु भयो ।

उहाँले पार्टीले दोषिउपर कारबाही हुनुपर्ने निर्णय गरेको पनि बताउनु भयो । उहाँले पार्टीले अनुसन्धान गरेर दोषिलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय भएको बताउनु भयो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडी सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयहरुमा छलफल भएको बताउनु भयो । त्यस्तै बैठकमा नवीन राप्रपा कार्ययोजनाको सन्दर्भमा पनि छलफलहरु भइराखेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘देशको समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडी सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयहरुमा, नवीन राप्रपा कार्ययोजनाको सन्दर्भमा व्यापक छलफलहरु भइराखेको छ । अहिले पछिल्लो समयमा समसामयिक राजनीतिक परिस्थिति र आन्दोलनको बारेमा कुरा राख्ने क्रम चलिराखेको छ । भोलि अरु सबै निष्कर्षहरु आउँछन् । झडप अप्रत्यासित रुपमा भयो । किन भयो भन्ने कुराको खोजिनीति पनि भइराखेको छ । त्यो राजनीतिक र पदाधिकारीबीचको विवाद भन्दापनि अलग ढंगले भएको हुनाले प्रहरीलाई हामीले अनुसन्धान गर्न आग्रह गरिसकेका छौँ । र बैठकले त्यसप्रति खेद व्यक्त गरेको छ । पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीलाई, कार्यसम्पादन समितिको सदस्यलाई अप्रत्यासित रुपमा जुन आक्रमण भएको छ, सिसिटिभि फुटेज, अन्य सञ्चार माध्यममा आएको भिडियो समेतलाई लिएर अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने भन्ने समेत निर्णय भइसकेको छ । त्यो नितान्त अपराधिक घटना हो । त्यसमा कारबाही हुनुपर्छ भन्ने हाम्रो निर्णय भएको छ ।’

शनिवारदेखि जारी राप्रपा केन्द्रिय कार्यसम्पादन समितिको बैठक सोमवारपनि बस्ने उहाँले जानकारी दिनुभयो । —न्युज एजेन्सी नेपाल