५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि



अ+ अ-

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय चार कम्पनीका ७० लाख ४३ हजार चार सय ५७ कित्ता शेयर ५६ हजार सात सय २६ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार पाँच सय ५८ बराबरको कारोबार भएको छ ।

जलविद्युत् समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक चार दशमलव २१ र जीवन बीमा समूहको उपसूचक एक दशमलव ८४ प्रतिशतले बढेको छ । बैकिङ समूह शून्य दशमलव ७४, विकास बैंक एक दशमलव ०८, वित्त समूह एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव १२ र लगानी समूह एक दशमलव २६ प्रतिशतले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९१, म्युचुअल फण्ड एक दशमलव ०१, निर्जीवन बीमा एक दशमलव ३४, व्यापार शून्य दशमलव ६५ र अन्य समूह शून्य दशमलव २८ प्रतिशतले बढेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ०६ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य छ दशमलव ९५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु २२ करोड ९३ लाख २५ हजार छ सय ४३ बराबरको चार लाख ३० हजार एक सय ३१ कित्ता शेयर किनबेच भएको छ । रासस