५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तको बिदाई



फाईल फोटो ।
अ+ अ-

काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाई सुरु गरिएको छ ।

आज बिहान ११ बजेदेखि साधुसन्त बिदाईको कार्यक्रम सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताउनुभयो । उहाँका अनुसार साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाई गर्न लागिएको हो । उहाँले बाबाहरुलाई स्तरअनुसार रु एक हजारदेखि नौ हजारसम्म दिन लागिएको बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषले स्वदेश तथा विदेशबाट आएका साधुहरुलाई पाशुपत क्षेत्रमा खिर खुवाएर, दानभेटी, मिष्ठान्नप्रसाद दिएर बिदा गर्ने चलन रहेको जनाएको छ । बिदाइ गर्दा गुठी संस्थानले बाबाहरुलाई दक्षिणा दिने प्रचलन छ ।

नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । रासस