काठमाडौं । न्यायपरिषद्को नयाँ सदस्यमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश डा आनन्दमोहन भट्टराई रहनु भएको छ ।
अगिल्लो साता वरिष्ठतम न्यायाधीश ईश्वर खतिवडा उमेरहदका कारण सेवा निबृत हुनुभएपछि रिक्त स्थानमा वरिष्ठतम न्यायाधीश भट्टराईलाई राखिएको हो ।
न्यायपरिषद्को आज बसेको बैठकले उहाँलाई परिषद् सदस्यमा नियुक्त गरेको हो ।