१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न देउवाले बोलाए बैठक



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् ।

बैठक आज अपराह्न ४ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बोलाईएको हो ।

२९ फागुनमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुन लागेको छ । कांग्रेसबाट अध्यक्ष उम्मेदवारका लागि आनन्द ढुङ्गाना र कमला पन्तको नाम चर्चामा छ ।