• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

प्रधानमन्त्री दाहालद्वारा मन्त्रिपरिषद् विस्तार, उपेन्द्र यादवले लिए शपथ



काठमाडौँ । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर दाहालले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ ग्रहण गरेका छन् ।

जसपाबाटै नबलकिशोर साह वन मन्त्री बन्नुभएको छ । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।

प्रचण्ड सरकारमा एमालेका ८, माओवादीका ५ ,रास्वपा ४, नेकपा एकीकृत समाजवादी र जसपाका समान २ मन्त्री सहभागी भएका छन् ।

यादवसहित प्रचण्ड सरकारमा चारजना उपप्रधानमन्त्री रहेका छन् । एमालेका रघुवीर महासेठ पहिलो वरीयतामा रहँदा नारायणकाजी श्रेष्ठ, रवि लामिछाने क्रमश: दोस्रो र तेस्रो वरीयतामा छन् । यादवलाई अन्तिम वरीयतामा राखिएको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

यससँगै प्रधानमन्त्री प्रचण्ड नेतृव मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।