२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालद्वारा मन्त्रिपरिषद् विस्तार, उपेन्द्र यादवले लिए शपथ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर दाहालले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ ग्रहण गरेका छन् ।

जसपाबाटै नबलकिशोर साह वन मन्त्री बन्नुभएको छ । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।

प्रचण्ड सरकारमा एमालेका ८, माओवादीका ५ ,रास्वपा ४, नेकपा एकीकृत समाजवादी र जसपाका समान २ मन्त्री सहभागी भएका छन् ।

यादवसहित प्रचण्ड सरकारमा चारजना उपप्रधानमन्त्री रहेका छन् । एमालेका रघुवीर महासेठ पहिलो वरीयतामा रहँदा नारायणकाजी श्रेष्ठ, रवि लामिछाने क्रमश: दोस्रो र तेस्रो वरीयतामा छन् । यादवलाई अन्तिम वरीयतामा राखिएको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

यससँगै प्रधानमन्त्री प्रचण्ड नेतृव मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।