२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ: अध्यक्ष ढकाल



file
अ+ अ-

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इकोनोमिक एजेण्डामा राजनीतिक दलहरु एक नआइकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताउनु भयो । उहाँले देश रहे, देश समृद्ध राष्ट्र भए नै राजनीतिक गर्ने ठाउँ हुने बताउनु भयो ।

उहाँले चैत्र २८ गतेको महासंघको साधारण सभामा राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुनेगरी एउटा कार्यक्रम गर्न लागेको बताउनु भयो । उहाँले निजी क्षेत्रका आर्थिक एजेण्डालाई सबै राजनीतिक दलले प्रतिवद्धता जनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी आग्रह गर्दछौँ, कम सेकम इकोनोमिक एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा आउनुपर्छ । इकोनोमिक एजेण्डामा यहाँहरु एक ठाउँमा आउनुभयो भने मलाई लाग्छ, अरु चिजहरु, देश रह्यो भने, व्यवसायिक एक्टिभिटी बढ्यो भने रोजगारी सिर्जना भयो भने र रेभिन्यु कलेक्शन भयो भने साँच्चै समृद्ध राष्ट्र भयौँ भने मलाई लाग्छ त्यसपछि हामी राजनीति आफ्नो पार्टीबाट गर्दै गरौँला । चैत्र २८ गते हाम्रो साधारण सभा आउँदैछ, हामीले के भनेका छाँै भने सबै राजनीतिक दलका अध्यक्षज्युहरु, पूर्वप्रधानमन्त्रीज्युहरु र खासगरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुनेगरी एउटा कार्यक्रम गर्न लागेका छौँ । जहाँ हाम्रा आर्थिक एजेण्डाहरुलाई सबै राजनीतिक दलले ऐक्यवद्धताको रुपमा वास्तवमा त्यो प्रतिवद्धतालाई सबैको सहमति होस् भन्ने चाहना छ । अहिले लगानी सम्मेलन आइरहेको छ । हामीले धेरै पहिलादेखि भन्दै गरेको यो बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेण्ट पहिला जुन बिपा भनेर अघि बढाइएको थियो, अहिले क्याबिनेटमा गएर कमिटीमा गएको कुरा छ । यो जतिसक्दो छिटो पास गरेर अघि बढाइयोस् ।’

अध्यक्ष ढकालले सरकारले बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेण्ट (बिपा) छिटो पास गर्न आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल