• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo

भिजिट भिसामा यूएई जान लागेका तीन महिलालाई विमानस्थलबाट फर्काईयो



फाईल फोटो

काठमाडौं । अध्यागमन कार्यालयले भिजिट भिसामा यूएई जान लागेको अवस्थामा तीन महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको छ ।

बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका उनीहरुलाई सोधपुछको क्रममा शंकास्पद देखिएपछि फर्काईएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले जानकारी दिए ।

शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि प्रहरीले एजेन्ट भबिलाल थापालाई पनि नियन्त्रणमा लिएको छ । थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय लगिएको छ ।