२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विकासका क्षेत्रमा लगानी अभिवृद्धि गर्न सबै क्षेत्रको निरन्तर सहयोग आवश्यक: राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटै तहका सरकारले महिलाहरुको जीवनस्तरमा सारभुत परिवर्तन हुनेगरी नीति, योजना र कार्यक्रम तय गरी लागू गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो विश्वास व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले महिलाहरुको जीवनस्तरमा सारभुत परिवर्तन नहँुदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न नसकिने भएकाले पनि उनीहरुको उत्थानका लागि सबै तहका सरकारले आवश्यक नीति, योजना तथा कार्यक्रम तय गरी लागू गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक लगायत विकासका विभिन्न आयाममा समान र अर्थपूर्ण सहभागिताविना आर्थिक सशक्तिकरणका राष्ट्रिय आकांक्षा पूरा हुन असम्भवप्राय: देखिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले महिला विकासका क्षेत्रमा लगानी अभिवृद्धि गर्नका लागि सबै क्षेत्रको निरन्तर सहयोग हुन अत्यावश्यक रहेको समेत बताउनु भयो । उहाँले सभ्य र समुन्नत समाज निर्माणमार्फत लंैगिक समानतायुक्त राष्ट्र निर्माणको दीर्घकालिन सोच प्राप्तिका लागि पनि महिला विकासको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले महिलाहरुले बढी श्रम गर्ने भएको उल्लेख गर्दै उनीहरुको श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न पनि सबैमा अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले सधैं एउटा कुरा भन्ने गरेको छु–श्रमको सम्मान गर्ने संस्कृतिको निर्माण गरौं भनेर । सबैभन्दा बढी श्रम गर्ने वर्ग नेपालमा अपमानित नै रहेका छन् । त्यसकारण मैले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरौं । र यो संस्कारको विकास गराउन मानसिकतामा परिवर्तन ल्याउने कुरा गरौं । सोचमा परिवर्तन ल्याउने कुरा गरौं । नेपालको संविधानले महिला उपर हुने सबै प्रकारका भेदभावहरुको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामुलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । संविधानले महिलाको हकलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन नहँुदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिँदैन । जसलाई पूरा गर्न तीन वटै तहका सरकारले नीति, योजना र कार्यक्रम तय गरी लागू गर्नेमा म विश्वस्त छु ।’

‘जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक लगायत विकासका विभिन्न आयाममा समान र अर्थपूर्ण सहभागिता बिना आर्थिक सशक्तिकरणका राष्ट्रिय आकांक्षा पूरा हुन असम्भवप्राय: देखिन्छ । महिला विकासका क्षेत्रमा लगानी अभिवृद्धि गरी सभ्य र समुन्नत समाज निर्माणमार्फत लैगिक समानतायुक्त राष्ट्र निर्माणको दीर्घकालिन सोच प्राप्तिमा सबै क्षेत्रको निरन्तर सहयोग हुन अत्यावश्यक छ । महिलाको हक, अधिकार स्थापना भएको आधार तय भएको दिनको रुपमा स्मरण गर्दै महिलाको सारभुत समानतासहितको लैंगिक समानतामुलक राष्ट्रको निर्माण यात्रामा अघि बढ्न आजको दिनले सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

राष्ट्रपति पौडेलले नेपालको संविधानले महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गर्ने व्यवस्था गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकोतर्फ पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भयो ।