१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते

महिला विकासका क्षेत्रमा लगानी अभिवृद्धि गर्न सबै क्षेत्रको निरन्तर सहयोग आवश्यक: राष्ट्रपति पौडेल

महिला विकासका क्षेत्रमा लगानी अभिवृद्धि गर्न सबै क्षेत्रको निरन्तर सहयोग आवश्यक: राष्ट्रपति पौडेल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटै तहका सरकारले महिलाहरुको जीवनस्तरमा सारभुत परिवर्तन हुनेगरी नीति, योजना र कार्यक्रम तय गरी लागू गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो विश्वास व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले महिलाहरुको जीवनस्तरमा सारभुत परिवर्तन नहँुदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न नसकिने भएकाले पनि उनीहरुको उत्थानका लागि सबै तहका सरकारले आवश्यक नीति, योजना तथा कार्यक्रम तय गरी लागू गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक लगायत विकासका विभिन्न आयाममा समान र अर्थपूर्ण सहभागिताविना आर्थिक सशक्तिकरणका राष्ट्रिय आकांक्षा पूरा हुन असम्भवप्राय: देखिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले महिला विकासका क्षेत्रमा लगानी अभिवृद्धि गर्नका लागि सबै क्षेत्रको निरन्तर सहयोग हुन अत्यावश्यक रहेको समेत बताउनु भयो । उहाँले सभ्य र समुन्नत समाज निर्माणमार्फत लंैगिक समानतायुक्त राष्ट्र निर्माणको दीर्घकालिन सोच प्राप्तिका लागि पनि महिला विकासको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले महिलाहरुले बढी श्रम गर्ने भएको उल्लेख गर्दै उनीहरुको श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न पनि सबैमा अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले सधैं एउटा कुरा भन्ने गरेको छु–श्रमको सम्मान गर्ने संस्कृतिको निर्माण गरौं भनेर । सबैभन्दा बढी श्रम गर्ने वर्ग नेपालमा अपमानित नै रहेका छन् । त्यसकारण मैले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरौं । र यो संस्कारको विकास गराउन मानसिकतामा परिवर्तन ल्याउने कुरा गरौं । सोचमा परिवर्तन ल्याउने कुरा गरौं । नेपालको संविधानले महिला उपर हुने सबै प्रकारका भेदभावहरुको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामुलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । संविधानले महिलाको हकलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन नहँुदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिँदैन । जसलाई पूरा गर्न तीन वटै तहका सरकारले नीति, योजना र कार्यक्रम तय गरी लागू गर्नेमा म विश्वस्त छु ।’

‘जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक लगायत विकासका विभिन्न आयाममा समान र अर्थपूर्ण सहभागिता बिना आर्थिक सशक्तिकरणका राष्ट्रिय आकांक्षा पूरा हुन असम्भवप्राय: देखिन्छ । महिला विकासका क्षेत्रमा लगानी अभिवृद्धि गरी सभ्य र समुन्नत समाज निर्माणमार्फत लैगिक समानतायुक्त राष्ट्र निर्माणको दीर्घकालिन सोच प्राप्तिमा सबै क्षेत्रको निरन्तर सहयोग हुन अत्यावश्यक छ । महिलाको हक, अधिकार स्थापना भएको आधार तय भएको दिनको रुपमा स्मरण गर्दै महिलाको सारभुत समानतासहितको लैंगिक समानतामुलक राष्ट्रको निर्माण यात्रामा अघि बढ्न आजको दिनले सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

राष्ट्रपति पौडेलले नेपालको संविधानले महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गर्ने व्यवस्था गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकोतर्फ पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भयो ।